काेराेना संक्रमितलाई ल्याउन खोज्दा स्थानीयको विरोध

 न्यूज विराट
काेराेना संक्रमितलाई ल्याउन खोज्दा स्थानीयको विरोध

बुटवल, ७ जेठ-कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् ।

नरैनापुरमा सोमबार संक्रमण पुष्टि भएका ५७ जनामध्ये ३४ जनालाई कोहलपुरको कृषि विकास बैंकको तालिम केन्द्रमा ल्याउन खोज्दा त्यहाँका स्थानियहरूले विरोध जनाएका छन् । नरैनापुरकै स्थानीयले पनि कोहलपुर आइसोलेसनमा लैजान लागेको भन्दै विरोध गरेका थिए । बाँकी २५ जनालाई लायन्स डेन्टल अस्पतालमा लैजाने तयारी गरिएको थियो ।

कोहलपुर–८ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा यसअघि नै भारतबाट आएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यहाँ रहेकाहरूलाई बागेश्वरी बहुमुखी क्याम्पसमा लैजाने र नरैनापुरका संक्रमित त्यहाँ राख्न खोज्दा क्वारेन्टाइनमा रहेकाहरूले विरोध जनाएका हुन् । संक्रमण भएको २४ घण्टा बितिसक्दा समेत उनीहरूको व्यवस्थापन हुन नसक्दा जोखिम बढेको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले विहानै नरैनापुरका संक्रमित ल्याउनका लागि एम्बुलेन्स पठाउँदा संक्रमित नेपालगञ्ज आउन नमानेको बताए । उनले संक्रमितलाई ल्याउन थप सुरक्षाकर्मीसहित एम्बुलेन्स नरैनापुरमा पठाइएको बताए ।

सम्बन्धित समाचार

शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य...

विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा भेटिए

विराटनगर, ३१ भदौ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहिबार दिउँसो पौने २ बजेतिर अस्पताल परिसर भित्रै अन्दाजी ३५÷४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन् । उनको...

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, १५ वैशाख-साइबर अपराधमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय धरौटीमा छुटेका छन् । उनी २५ हजार रूपैयाँ धरौटीमा छुटेका हुन् । जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो । साइबर ब्यूरो प्रमुख एसएसपी...

अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी चिकित्सकको पीडा, न्यायको लागि हारगुहार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छिन् ।बीपी कोइराला स्वास्थ्य...

गौतमबुद्ध कप क्रिकेट : टिम नारायणीको विजयी सुरुआत

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ । बागमती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो...

२४ घण्टामा देशभर १३९ जनामा संक्रमण पुष्टि, ६२६ जनाले जिते कोरोना

काठमाडौं, १२ साउन-पछिल्लो २४ घण्टाको अवधिमा देशभरका १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना...

कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशाेधन प्रस्ताव

काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् । कांग्रेस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्