क्यानाडाको राजधानीमा संकटकाल घोषणा

 न्यूज विराट
क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिए ।

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उनले दावी गरे । चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उनको भनाई छ ।

उनले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

रासस

सम्बन्धित समाचार

बन्द भएको कोशी अस्पतालको ‘एनआइसियू’ सुचारू, विरामीलाई राहत

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको एनआइसियू बन्द भएको दुई वर्षभन्दा बढी समयपछि सुचारू भएको छ । अस्पतालको आकस्मिक कक्ष माथिको भवनमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी बन्द भएको लामो समयपछि पाँच शैय्याको...

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार-आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १/२ स्थानमा भारी...

धानखेतमा खोला पसेपछि

चन्द्रकला भण्डारी झापा, ४ कात्तिक ९रासस० ः गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र ढुङ्गाले जस्तापाता च्यापेर बनाएको घरको आँगनदेखि ओछ्यानसम्मै छिपछिप्पे हिलो र...

ज्येष्ठ नागरिकलाई राहतस्वरुप मासिक १० हजार दिइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहतस्वरुप ३ महिनाका लागि मासिक १० हजार रुपैयाँ दिने तयारी गरेको छ । विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट...

प्रदेश १ मा कोरोनाको दैनिक नयाँ रेकर्ड, आज १२९८ संक्रमित थपिए

विाटनगर, ५ जेठ । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको...

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्