विराटनगरमा १८ सहित प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा १८ सहित प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा २१, धनकुटामा ७, झापामा ६, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १८, जहदा, ग्रामथान, लेटाङ, बेलबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १७, इटहरीमा ४, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ४, मेचीनगर र विर्तामोडमा १–१, उदयपुरमा २, तेहृथुममा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१४ महिला र ३४८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय

जनकपुरधाम, २६ जेठ-प्रदेश २ सरकारले थप ४ वटा कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको आजको बैठकले थप...

स्वबियू निर्वाचन : महेन्द्र मोरङ क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा आगजनी गर्ने चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा स्ववियू सभापतिका उम्मेद्वार योगराज दाहाल, आयुश दाहाल, नेविसंघ मोरङ सचिव गुड्डु साह, केन्द्रीय सदस्य...

२४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना

काठमाडौं, ८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६...

मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...

रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता

रुकुमपूर्व, २० जेठ-रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही ४ जेठमा दाजुभाइ...

हप्तौँ पछि इटाली र फ्रान्समा देखियो आशाको सङ्केत

एजेन्सी, बैशाख ८-कोरोना भाइरसबाट अत्यधिक प्रभावित इटाली र फ्रान्समा हप्तौँ पछि मृत्यु हुनेको संख्यामा कमी आएको छ ।फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु भएका ३ सय ९५ नयाँ घटना दर्ता भएका छन्, जसमध्ये २ सय २७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्