विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेहृथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २७, बेलबारीमा ६, पथरीशनिश्चरे, उर्लाबारी र सुन्दरहरैचामा ५–५, रतुवामाईमा २, कानेपोखरी, सुनबर्षी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ७, कनकाईमा ५, मेचीनगरमा ४, अर्जुनधारा, हल्दिबारी, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा ११, बराहक्षेत्रमा २, धरान, बर्जु, गढी, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, उदयपुरको चौदण्डीगढी र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, सोलुखुम्वको सोलुदुधकुण्ड, संखुवासभाको खाँदबारी, तेहृथुमको मेन्छेयायेम र खोटाङको केपिलसगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९९ महिला र २२७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितकोे संख्या ४ हजार ७०५ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

सम्बन्धित समाचार

विराटनगर देवकोटा चोकको रोयल मिल्कमा कुहिएको मासु, १० किलो नष्ट

विराटनगर । विराटनगरको देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको खसीको मासु भेटिएको छ ।विराटनगर महानगरपालिकाले आइतबार गरेको अनुगमनको क्रममा रोयल मिल्क मिट सेन्टरमा कुहिएको मासु भेटिएको हो ।खसीको कुहिएको मासु १० किलो भेटिएपछि नष्ट...

कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...

आज २१०३ जनामा कोरोना पुष्टि, १७ संक्रमितको मृत्यु

काठमाडौं, ४ मंसिर-गत २४ घण्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

रमपम विराट गोल्डकप : फाइलनमा चर्च ब्वाइज र थ्रीस्टार भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले...

झापामा दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु

विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र...

प्रदेश १ पाँच हजार बढीको परीक्षण, ३० जनामा कोरोना पुष्टि

विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...

काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प छैन : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री...

प्रदेश २ का विभिन्न ठाउँमा दीपावली

जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्