विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

 न्यूज विराट
विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ६, भोजपुर र इलाममा ३–३, तेहृथुममा २, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९७, बेलबारीमा ७, पथरीशनिश्चरेमा ५, उर्लाबारी र सुन्दरहरैचामा ४–४, मिक्लाजुङमा ३, कटहरी, जहदा र स्थानीय तह नखुलेका २–२, कानेपोखरी, सुनबर्षी, ग्रामथान, रंगेली र बुढीगंगामा १–१, झापाको दमकमा १४, विर्तामोडमा १२, भद्रपुरमा १०, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा ५–५, कनकाई र बुद्धशान्तिमा ४–४, मेचीनगरमा ३, गौरीगञ्ज , शिवसताक्षी र स्थानीय तह नखुलेकामा १–१, सुनसरीको इटहरीमा १८, धरानमा १२, दुहवी र बर्जुमा ३–३, इनरुवा, गढी र देवानगञ्जमा २–२, रामधुनी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९, धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी, पाख्रिबास र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारी र त्रियुगामा २–२, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २ र टेम्केमैयुङमा १, इलामको इलाम नगरपालिका, रोङ र फाकफोकथुममा १–१, तेहृथुमको छथर र मेन्छेयायेममा १–१, संखुवासभाको धर्मदेवी र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७५ पुरुष र ३९७ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २४३ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

भारतीय सीमामा सुराकी गर्न ‘रअ’ निकटको टुटु रेजिमेन्ट

एजेन्सी, असार १३-अक्टोबर २०१८ को कुरा हो, इस्टोनियाकी चर्चित गायिका यना कास्क भारत आएकी थिइन् । उनी आफ्नो एक म्युजिक भिडियो भारतमा शुटिङ गर्न चाहन्थिन् र यसका लागि उनले उत्तराखण्डको चकराता क्षेत्रलाई छानेकी थिइन् ।...

कटहरीका स्थानीय युवाहरुले वडाध्यक्षलाईनै वितरण गरे राहत

विराटनगर, चैत १९–‘लक डाउन’ का कारण दैनिक ज्यालादारि मजदुरी गरेर गुजारा गर्ने परिवारको समस्यालाई गम्भिर रुपमा नलिएको भन्दै आक्रोशित मोरङको कटहरी गाउँपालिकाका युवाहरुले वडाध्यक्षलाईनै राहत वितरण गरेका छन् । कटहरी गाउँपालिका–१ का वडाध्यक्ष कपुरलाल माझिले...

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

प्रदेश १ मा १२ हजारको कोरोना परिक्षण

विराटनगर, जेठ १–प्रदेश १ मा करिब १२ हजारको कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण...

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।...

काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष...

कोरोना महामारीबीच स्पेनमा विपक्षीद्वारा सरकारविरोधी प्रदर्शन

एजेन्सी, जेठ ११-कोरोना भाइरसको महामारीबीच स्पेनमा सरकारविरोधी प्रदर्शनमा हजारौंले सहभागिता जनाएका छन् । कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको हो । विपक्षी भक्स पार्टीले देशका...

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्