मोरंगको धनपालथानमा उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुबै शवको पहिचान खुल्यो

 न्यूज विराट
मोरंगको धनपालथानमा उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुबै शवको पहिचान खुल्यो

विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका-७ बोर्डीङ टोलस्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा दुई जनाको शव फेला परेको थियो ।

मृतकमध्ये एक जना सुनसरीको धरान-३  का ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ र अर्का सप्तरीको शम्भुनाथ नगरपालिका-४ का ३२ वर्षीय शम्भु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनाद्र्धन जीसीले जानकारी दिए ।

गत बुधबार उखु काट्ने क्रममा स्थानीयले शंकास्पद खाल्डो भेटाएर प्रहरीलाई खबर गरेपछि खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा सडेगलेको शव भेटिएको थियो । सोही खाल्डो नजिकै अर्को खाल्डो देखिएपछि बिहीबार मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीसीसहितको टोलीले खाल्डो खनेर हेर्दा अर्को शव भेटिएको थियो ।

सम्बन्धित समाचार

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : विराटनगरलाई हराउँदै जोगवनी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा जोगवनीको प्रशान्त क्रिकेट क्लब विजयी भएको छ । विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा घरेलु टिम बिसीसीए विराटनगरललाई ६२ रनले हराउँदै जोगवनी विजय...

सर्वोच्चमा अबदेखि मुद्दाको पेसी गोलाप्रथाबाट

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...

स्थायी कमिटीमा ओलीको पत्रकाे पूर्ण पाठ : प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रस्तावमा छलफल गर्न नसकिने जानकारी दिएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पठाएको पत्र उपप्रधानमन्त्री तथा सचिवालय...

नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको...

मोरङमा ८ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने, फागुन ११ गतेबाट अभियान सुरु

विराटनगर । मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रोसाताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

नेकपा विवाद अर्को नाटकीय मोडमा 

काठमाडौं, २ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि चर्किएको विवाद...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

विराटनगर, २५ मंसिर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्