काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन बिहिबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।