सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

 न्यूज विराट
सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर, १० माघ । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।

सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो । घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताउनु भयो । पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ ।

पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने बताउनु भयो । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरीदिन आग्रह गर्नुभयो ।

अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयम ाध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।’

सामुहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै परार छन् ।

घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।

 

 

सम्बन्धित समाचार

२४ घन्टामा २४६ संक्रमित थपिए, १११ जना डिस्चार्ज

काठमाडौं, १८ साउन-पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका...

मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...

विराटनगर ६३ सहित प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

विराटनगर, १६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

भन्सार एजेन्टको परीक्षा तालिका सार्वजनिक

काठमाडौं, २६ माघ । विज्ञापनको झन्डै एक वर्षमा भन्सार एजेन्टको परीक्षा हुने भएको छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो । तर, २९...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

विराट भेट्रान्स प्रतियोगिता रात्रिकालिन हुने

विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ । विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।...

प्रदेश १ मा शनिबार १३ संक्रमित थपिए, ७ जना डिस्चार्ज

विराटनगर २७ असार–प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी र उदयपुरमा ४–४, मोरङमा ३ र झापामा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट

काठमाडौं, १५ जेठ-सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को अनुमानित आय व्यय (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्