विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

 न्यूज विराट
विराटनगर आएर ओलीले भने–कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँः ओली

विराटनगर, २७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले मुलुकमा आफ्नो पार्टी मात्र बाममन्थी पार्टी भएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले एमाले मात्र बामपन्थी पार्टी भएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसको पछि लागेर आफुलाई बामपन्थी भन्ने कुनै पनि पार्टीसँग गठबन्धन नहुने दावी गरे ।
उनले आफ्नो पार्टीले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको समेत स्पष्ट पारे ।

अध्यक्ष ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीलाई जनताले पहिलो पार्टी बनाउनेसमेत बताए । उनले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराई पहिलो बनाउने दावी गरे ।

अध्यक्ष ओलीले स्थानीयतहको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने बताए । उनले भर्खरै सम्पन्न स्थानीयतहको निर्वाचनमा सिट संख्याको हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले एमाले देशको पार्टी पहिलो भएको बताए ।

अध्यक्ष ओली मोरङका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन विराटनगर आइपुगेका हुन् । उनलाई स्वागत गर्न विराटनगर महानगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पाकार्की पुगेका थिए ।

सम्बन्धित समाचार

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

प्रदेश १ बाट एकै दिन ३० जनाले जिते कोरोना

विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...

सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको निन्दा

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता...

आज देशभर ७९८९ ले जिते कोरोना, ८१७३ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा थप ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार ७ हजार ९८९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभर थप...

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

कोेरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्