मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

 न्यूज विराट
मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

किड्स भिलेजमा अक्षरारम्भ, ४७ जना विद्यार्थी नयाँ भर्ना

विराटनगर । विराटनगर – ५ मा रहेको किड्स भिलेज स्कुलमा ४७ जना नयाँ विद्यार्थीले अक्षरारम्भ गरेका छन् । स्कुल परिसरमा बुधबार बसन्तपञ्चमीको अवसर पारेर सो संख्यामा विद्यार्थीहरुले अक्षरारम्भ गरेका हुन् । बसन्तपञ्चमीमा किड्स भिलेज स्कुल...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा...

मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...

प्रदेश १ मा आज संक्रमण पुष्टि भएका भन्दा डिस्चार्ज हुने बढी

विराटनगर, ७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा चार सय ६० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ६२, सुनसरीमा एक सय ३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा चार, तेहथुममा तीन, धनकुटा र...

सोती घटना : जाहेरी दिनेतर्फका वकिलको बहस जारी

रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७  वकिलले अझै बहस गर्न बाँकी...

बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...

चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्