भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

 न्यूज विराट
भारतलाई २०० मेगावाट विद्युत् बेच्न विद्युत प्राधिकरणले खोल्यो टेन्डर

गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुलीमात्रै पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा पुनःमनसुन सुरु हुँदैछ । पानी पर्ने याम सुरु भएपछि नदी तथा खोलामा जल सतह बढ्न थाल्छ । त्यसबाट सञ्चालनमा रहेका सबै जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न थाल्छन् ।

नेपालको कूल जडित क्षमता दुई हजार २०० मेगावाटको हाराहारीमा पुगेको छ । यस्तै, नेपालभित्र कूल खपत झण्डै एक हजार ६०० मेगावाट बराबर मात्रै छ । हिउँदमा कम हुने र वर्षामा खेर जाने प्रवृत्तिको अन्त्यका लागि सरकारले विशेष पहल गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको केही समय पहिलेको भारत भ्रमणमा ३६४ मेगावाट बिजुली बिक्रीका लागि सहमति भएको छ । बाँकी रहने बिजुली के गर्ने भन्नेबारेमा कुनै निर्णय भएको थिएन । देशभित्रै क्रमशः अन्य जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् । दोर्दी करिडोरको उक्त आयोजनाले परीक्षण उत्पादनका रुपमा ३० मेगावाट बिजुली प्रणालीमा जोडिसकेको छ । सोही करिडोरका अन्य आयोजना पनि केही समयभित्रै निर्माण सम्पन्न हुँदैछन् ।

सोलु करिडोरमा निर्माण भइरहेका आयोजनासमेत प्रणालीमा जोड्ने तयारीमा छन् । यसबाट देशभित्रै सबै बिजुली खपत हुने अवस्था छैन । ठूलो लगानी परेका आयोजनाको बिजुली खेर जानु राम्रो विषय पक्कै होइन । त्यसको उपाय खोज्ने काममा सरकार र निजी क्षेत्र दुवै लागेका छन् ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले आफ्नै तवरबाट बिजुली बिक्रीको प्रक्रिया अगाडि बढाइरहेको छ । सरकारबाट अनुमति नपाए पनि निजी क्षेत्रले पनि यसको तयारी गरिरहेको छ । सरकारले निजी क्षेत्रलाई पनि बिजुली बिक्रीका लागि अनुमति दिने अन्तिम तयारीमा छ ।

संसद्मा विचाराधीन विद्युत् विधेयक पारित हुन लामो समय लाग्ने भएकाले वैकल्पिक उपायको खोजी गरिएको छ । यही पृष्ठभूमिमा नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्ने ध्येयका साथ आज बोलपत्र आह्वान गरेको छ ।

प्राधिकरणले बोलपत्रको आह्वान गर्दै नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित २०० मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीसँग प्रस्ताव माग गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएको बिजुली पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ (१ जुलाईदेखि नोभेम्बर २९, २०२२) सम्म बिक्री गर्नेछ ।

भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनी, विद्युत् वितरण कम्पनीलगायतले विद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् बिक्रीका लागि स्वीकृति पाएका छौँ, त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्नेगरी टेण्डर आह्वान गरेका हौँ’, उनले भने । बाँकी रहेको विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिक्री गर्ने गरी बोलपत्रको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईदेखि छनोट भएका योग्य कम्पनीलाई विद्युत् उपलब्ध गराइनेछ ।

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीले आगामी १३ जेठ मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ । इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेस गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्नेछ ।

भारतले नेपालका छ वटा विद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुनेछ । नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिको लिखु–४ बाट उत्पादित ३६४ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।

सम्बन्धित समाचार

सत्तारुढ सांसदमा बदलाभाव, प्रदेश–२ ले पाएन स्थायी राजधानी

जनकपुर, चैत ५–सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश–२ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दल राजपा र समाजवादी पार्टीका बहुसंख्यक सदस्यले जनकपुरको विपक्षमा मतदान गरेपछि प्रदेश राजधानी टुंगो...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको परिवारको स्वाब संकलन

काठमाडाैं, ३ जेठ-धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाले जन्माएको शिशु र उनीसँगै आएका परिवारको परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ ।मृतक महिलाको स्वाब धुलिखेल अस्पतालमा परीक्षण गर्दा पीसीआर र आरडीटी पोजिटिभ आएको थियो । त्यसपछि उनीसँगै आएका परिवार...

चीनद्वारा थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विराटनगरमा मनाइयो

विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो । संगीतालयले नारयण गोपालको स्मृतीमा...

एभीसी एसियन सेन्ट्रल जोन भलिवलमा किर्गिस्तानसँग घरेलु टोली नेपालको हार

काठमाडौं – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल किर्गिस्तानसँग पराजित भएको छ । नेपाली टोली बलियो किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाली सेनाको कभर्डहलमा...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

विराटनगरमा ९७ सहित प्रदेश १ मा ५३३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्