विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

 न्यूज विराट
विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् ।

केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् ।

शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल गरेर फर्किनेक्रममा शर्मालाई विद्यार्थीले कालोमोसो दलेका हुन् ।

एमबीबीसी अध्ययनरत छात्राहरूसँग बढी शुल्क असुलेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । सोही विषयमा शुक्रबार शिक्षा मन्त्रालयमा सर्वपक्षीय छलफल भएको थियो ।

सो छलफल सकेर मन्त्रालयबाट बाहिरिनेक्रममा शर्मालाई विद्यार्थीहरूले सुरुमा नमस्कार गरेर कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा बस्ने जनाइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी...

५२२५ नमुना परीक्षण गर्दा ४२६ जनामा कोरोना पुष्टि

काठमाडौं, १७ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा १५३ महिला र २७३ पुरुषमा...

आज ३५१७ संक्रमित थपिए, ४०९६ जना डिस्चार्ज

 काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

काठमाडौंको बसपार्कमा पार्किङ गरेका ८ माइक्रोमा आगलागी

काठमाडौं, २१ असार-काठमाडौंको नयाँ बसपार्कमा पार्किङमा राखेका माइक्रोबसमा आगलागी भएको छ ।प्रहरीका अनुसार आज बिहान बसपार्क भित्र पार्किङमा राखेका ८ वटा माइक्रोबसमा आगलागी भएको हो । के कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी...

प्रदेश १ : घरभाडा छुट गर्ने घाेषणा कार्यान्वयन गर्न सांसदहरूकाे माग

विराटनगर, २५ जेठ-विद्युतमा २५ प्रतिशत महशुल छुट गर्ने, लकडाउन अवधिभर घर धनीले भाडा माग्न नपाउने, एक महिनाको घरभाडा छुट दिनुपर्नेलगायत सरकारले घोषणा गरेका राहतका कार्यक्रम तत्काल  कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । आइतबार प्रदेशसभा...

मोतिपुरमा झडप, प्रहरीले चलायो गोली

रूपन्देहीको मोतिपुर औद्योगित क्षेत्रमा बसेकाहरू र प्रहरीबीच झडप झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । सो स्थानमा बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्