प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

 न्यूज विराट
प्रदेश २ को नामाकरणमा दलहरू सहमति नजिक

जनकपुर, पुस २२ । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०, नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस), नेकपा एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी प्रदेशको राजधानीको विषयमा एकमत रहे पनि नामाकरणको विषयमा फरक(फरक प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशको नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठन भएको विशेष समितिले दलहरूसँग सघन छलफल सुरु गरेपछि सकारात्मक नतिजाको पर्खाइ छ । जसपा, लोसपा र माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेशको प्रस्ताव गरेका छन् भने कांग्रेसले मिथिला(भोजपुरा प्रस्ताव गरेको छ । विशेष समितिको बैठकमा कांग्रेसका प्रमुख सचेत उपेन्द्र कुश्वहाले आफूहरुले प्रस्ताव छोडन तयार रहेको र सिंगै मधेस प्रदेश नभई त्यसको अगाडि वा पछाडि केही थप्नुपर्ने सर्त अघि सार्नुभएको छ ।

कांग्रेसकै सासद राजेश्वर प्रसाद साहले प्रदेशको नाम मध्यमधेस प्रस्ताव गर्नुभएको छ । तर, त्यसमा पनि कांग्रेसले नै स्वीकार गरेको छैन ।सत्तारुढ दल नेकपा एसले जानकी प्रदेशको प्रस्ताव दर्ता गरेपनि दलीय सहमति भएमा अडान छोडन तयार छ । नेकपा एसका संसदीय दलका नेता तथा उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले ‘दलीय सहमति भएमा प्रस्ताव छोडन सक्छौँ । त्यो ठूलो कुरा होइन । ८औँ अधिवेशनबाट नाम र राजधानी टुंगो लगाउनुपर्छ भन्ने सरकारको चाहना हो’ भन्नुभएको छ ।

विपक्षी दल एमालेले पनि सत्तारुढ दलहरूबीच मधस प्रदेशमा सहमति भएमा आफ्नो पार्टीको पनि सर्मथन रहेको संकेत गरेको छ । एमाले सांसद किशोरी साहले भन्नुभयो, ‘हामीले जानकी प्रदेश प्रस्ताव गरेका छौँ । तर सत्तारुढ दलहरूबीच मधेस प्रदेशमा सहमति भए हाम्रो पनि मौन समर्थन रहन्छ ।’

प्रदेशसभामा जसपा ३९, कांग्रेस १९, लोसपा १६, एमाले ८, माओवादी केन्द्र ८, नेकपा एमाले १३ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीको १ गरी १०४ सिट छ । दुई तिहाईको लागि ७० मत आवश्यक छ । मधेस प्रदेशको पक्षमा अहिले जसपा, लोसपा, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी गरी ६४ मत छ ।

दुई तिहाइका लागि ६ मत अपुग रहेको जसपाका सासद अब्दुल कलाम अजादले बताए । दलहरूबीच सहमतिका लागि छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘मधेस आन्दोलनबाट संघीयता आएको हो । प्रादेशिक संचरना खडा भएको छ,त्यसकारण मधेस प्रदेशमा सबै दल सहमति हुन्छ भन्ने हाम्रो विश्वास हो ।’

यस कारण दलहरू सहमति नजिक

प्रदेश सरकार गठनको चार वर्ष पुगिसकेको छ । तर, नाम र राजधानी अझै टुंगो लगाउन सकिएको छैन । प्रदेश सरकारको नेतृत्व मधेसवादी दल जसपाले गरे पनि प्रदेशको नाम र राजधानी टुंग्याउन दुइतिहाई मत आवश्यक छ । जुन मधेसवादी पार्टी जसपा र लोसपासँग छैन । यस्तोमा प्रदेशको नाम र राजधानी टुंगो नलागेको खण्डमा मधेसवादी पार्टीले कांग्रेस, एमाले लगायतका राष्ट्रिय पार्टीलाई दोष दिरहेका छन् ।

प्रदेशको नाम र राजधानीलाई चुनावी एजेण्डा बनाएर मधेसवादी पार्टी पुनः निर्वाचनमा जानसक्छ । अहिले कांग्रेस, एमाले र नेकपा एसभित्र बहस पनि चलेको छ । जानकी प्रदेशका प्रस्ताव दर्ता गराएका नेकपा एमालेका सांसद काठमाडौं पुगेर प्रदेशको नामाकरण विषयमा पुनः विचारका गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेतासँग भेटघाट समेत गर्नुभएको थियो । ओलीले जसरीपनि प्रदेशको नामाकरण र राजधानी टुंग्याउनुपर्ने आफ्ना सांसदलाई सुझाएका छन् ।

बैठकमा सहभागी एमालेका एक नेताका अनुसार, अध्यक्ष ओलीले भनेका थिए,‘ प्रदेशको नाम र राजधानी टुंग्याउनुस्, टुंगिएन भने यिनिहरु एमालेकै कारण नाम र राजधानी टुंगो लागेन भने चुनावमा प्रचारप्रचार गर्छन् ।‘

सम्बन्धित समाचार

न्यूरो अस्पतालमा काेराेना संक्रमितको मृत्यु

विराटनगर, १० भदौ-राटनगरको न्यूरो अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३१ साउनमा अस्पताल भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राति ११ बजेतिर मृत्यु भएको हो ।   टाउकोको नशा सुकेर प्यारालाइसिसको...

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

स्थानीय सरकारको सक्रियता, वडा नं. ४ मा विकासले तीव्रता पायो

[caption id="attachment_47222" align="alignnone" width="1000"] पथरीशनिश्चरे वडा नं. ४ राधाकृष्ण मन्दिर दक्षिण सख्वारा जाने सडकमा पर्ने कल्भर्टको शिलान्यास गर्दै वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, वडा सचिव दीर्घराज रायलगायत उपभोक्ता समिति ।[/caption] शनिश्चरे । केही दिनअघि कुशलबजार पूर्व पिप्ले...

विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । आज इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

विराटनगरमा आत्मरक्षा तालिम, ७ जिल्लाका खेलाडीहरूको सहभागि

विराटनगर । ‘प्रथम कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम’ शनिबार विराटनगरमा सम्पन्न भएको छ । कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघले विराटनगरस्थित कर्भड हल आयोजना गरेको आत्मरक्षा प्रदेशका ७ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्