विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, मोरङमा ५, सुनसरीमा ४, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगर र विर्तामोडमा ३–३, बुद्धशान्ति र बाहृदशीमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरेमा १, सुनसरीको इटहरीमा ३ र धरानमा १, पाँचथरको मिक्लाजुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९ महिला र १२ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिँदै

फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद...

सरकारले भन्योः कोरोनाबाट जोगिन ‘एसएमएस’ गर्नुहोस्

काठमाडौं, १६ असार-कोरोना भाइरसबाट जोगिन लामो समय देश लकडाउन भयो । लकडाउन खुकुलो भएपछि भने दैनिक रुपमा संक्रमितको संख्या वढ्दो छ ।लकडाउनको मोडालिटी परिवर्तन गरेसँगै मानिसहरुको चहलपहल बाक्लिन थालेसँगै सरकारले भाइरसबाट जोगिन ‘एसएमएस’ अभियान ल्याएको...

राष्ट्रपति भण्डारीद्वारा नेपाली मौलिक संस्कृतिको संरक्षणमा जोड

लुम्बिनी, १६ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि...

लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त

बुटवल, ३० जेठ-प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ । नेपाल सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्