ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

 न्यूज विराट
ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान बुद्धभूमि नगरपालिका-३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

बालुवा लोड गर्न जान मजदुर लिएर हिँडेको ट्याक्टर सडकदेखि अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा परी बलराम सुनार, कृष्ण विक, सरिता थारु र सीमा थारु घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण ट्याक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

विराटनगर धाडेवा रोडस्थित एक हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल बरामद, एक जना पक्राउ

विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार...

स्वास्थ्य कार्यालय मोरङका प्रमुृखमा कोरोना पुष्टि

विराटनगर, २ भदौ–जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय प्रमुख बस्नेत होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बस्नेत प्रदेश १ को...

धनुषामा २ वडाका स्थानीयबीच झडप

जनकपुर, १९ असार-बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबीच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच...

प्रदेश १ को बजेट परिमार्जन हुने

विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...

लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...

कोशी अस्पतालबाट फरार भएका कैदी एक हप्तापछि पक्राउ

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका एक जना कैदी एक हप्तापछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई फरार भएको एक हप्तापछि बुधबार प्रहरीले...

कोरोना संक्रमणबाट विराटनगरका ६ सहित ११ जनाको मृत्यु

विराटनगर, ९ जेठ । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका ६ जनासहित मोरङमा थप ११ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार विहान मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा चार, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्