प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

 न्यूज विराट
प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् ।

आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । स्थानीयले इलाका प्रहरी कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित समाचार

टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु

विराटनगर, फागुन ३–विराटनगरस्थित कोशी राजमार्गमा आज बिहान भएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ तथा विराटनगर प्रवेशद्वारनजिकैको कोशी राजमार्गमा...

न्युरोले सञ्चालनमा ल्यायो पिसिआर ल्याब

विराटनगर, ११ असोज–विराटनगरस्थित न्युरो अस्पतालले कोरोना परिक्षणका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलले आइतबारदेखी निजिस्तरामा १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको हो । सरकारले न्यूरो...

थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस...

क्वारेन्टाइनमा रहेका ६७ भारतीयको आरडीटी नेगेटिभ

बाँके, १५ वैशाख-बाँकेको हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना र्‍यापिड डाइग्नोस्किट टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६ सय ६३ जनाको स्वाब परीक्षण गरिएकाेमा...

राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...

सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

उद्योगी व्यवसायीको आन्दोलन तत्काल स्थगित, अर्थमन्त्रीले बोलाए बार्तामा

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्