राशिफल

टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु

 न्यूज विराट
टिपरको ठक्करबाट २ विद्यार्थीको मृत्यु

विराटनगर, फागुन ३–विराटनगरस्थित कोशी राजमार्गमा आज बिहान भएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ विद्यार्थीको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ तथा विराटनगर प्रवेशद्वारनजिकैको कोशी राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलचालक सिरहाका २० वर्षीय हरेराम साह र सिरहाकै लहानका २१ वर्षीय मोहम्मद ओजिर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, सोही मोटरसाइलमा सवार अर्का सप्तरीको रुपनीका १९ वर्षीय धनराज यादव गम्भीर घाइते भएको र उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाइकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेटनजिकैको सडकमा ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका २ जनालाई कोशी अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरचालक ग्रामथान गाँउपालिका– ७ का ३५ वर्षीय शशिकुमार थान्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मृत्यु भएकाहरु गोल्डेन पार्क कलेज विराटनगरमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...