सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

 न्यूज विराट
सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ ।

कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले अस्पतालका संयोजक बैजनाथ साह, चिकित्सक, कर्मचारी लगायतसँग छलफल पनि गर्नुभएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले कोभिड अस्पतालले दिने सेवाका बारेमा सेवाग्राहीबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न निर्देशन पनि दिनुभएको छ । उहाँले भन्नुभयो,‘ प्रदेश सरकारबाट सञ्चालित कोभिड अस्पतालको सेवाका बारेमा गुनासो सुन्नु नपरोस् र गुण्स्तरिय सेवा प्रदान होस् ।’

मन्त्री यादवले कोभिड संक्रमितको उपचारका खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुको प्रशंसा गर्नुभएको थियो । उहाँले कोभिड अस्पताल नजिकै निर्माण भईरहेको भवनको पनि अवलोकन गर्नुभएको छ । ७६ वेडको नयाँ भवन निर्माण सम्पन्न भएलगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ।

सामाजिक विकास मन्त्री यादवलाई अस्पतालका संयोजक साहले अक्सिजन प्लान्ट जडानका लागि भवन माग गर्नुभएको थियो । अहिले एउटा प्लान्टबाट मात्रै अक्सिजन उत्पादन भईरहेको छ । दुईबाट प्लान्टबाट उत्पादन शुरु भएपछि दैनिक ३ सय सिलिन्डरमा रिफिल गर्न सकिने साहले बताउनुभयो ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसीयु वेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरेल वेड १५ र अक्सिजन विनाको वेड १३ वटा रहेको छ । अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भईरहेको संयोजक साहले बताउनुभयो ।

सम्बन्धित समाचार

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण शुरु

विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीका १ पुरुष रहेका छन् । अस्पतालका अनुसार उनीहरूको आज बिहान मृत्यु भएको हो । त्यस्तै,...

सुर्तीजन्य पदार्थ कोरोनाको बहाक: मन्त्री घिमिरे

विराटनगर, जेठ १८–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ कोरोनाको वहाक भएको बताउनुभएको छ । सुर्तीजन्य पदार्थ सेवनगर्नेहरुले एक अर्कालाई बाँडेर खाने र एउटै सुर्तीजन्य पदार्थ धेरैले प्रयोग गर्ने पाईएको उनले बताए...

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छुः प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेरेर भएपनि परिणाम दिने गरि काम गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका – ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्