मुख्यमन्त्री कार्कीद्धारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

 न्यूज विराट
मुख्यमन्त्री कार्कीद्धारा ताप्लेजुङको घटनाप्रति दुख व्यक्त, सुरक्षा निकायसँग छलफल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चार जनाको निधन भएको घटनाप्रति दुख व्यक्त व्यक्त गरेका छन्।

उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारमा समवेदना व्यक्त गरेका हुन् ।
शुक्रबार बिहानैदेखि उनले सुरक्षा निकायका प्रमुखहरू र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी जिल्लाको अवस्था बुझेका छन् । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि उनले कुराकानी गरेका छन् । जिल्लामा सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेका राहत र उद्धारका कामहरूका विषयमा पनि उनले चासो राखेका छन्।

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायहरूसँग छलफल गरिरहेका छन् ।
उनले राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयंसेवकहरूलाई समेत काम गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

एमाले मोरङका नेता बलभद्र सरदार माओवादी प्रवेश

विरटाटनगर, १८ भदौ । मोरङका एमाले जिल्ला सचिवालय सदस्य बलभद्र सरदार थारु नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेका छन् । आज विहान प्रचण्डनिवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।...

आईपिएल सकिएपछि कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

एजेन्सी, ४ असोज । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद...

२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं, १९ साउन-सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि...

विराटनगरमा पहिलो पटक ट्राफिक लाइट संचालनमा , दुर्घटना न्यूनिकरण हुने अपेक्षा

विराटनगर । विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ । विराटनगरको बरगाछी चोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक कार्यक्रम आयोजना गरी सोमबारदेखि संचालनमा ल्याएको हो । उक्त लाइटको उद्घाटन आन्तरिक मामिला तथा कानुन...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

मोरङमा १६७ सहित प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

विराटनगर, ११ असोज—प्रदेश १ मा पछिल्लो २४ घण्टामाा १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेह्रथुम र...

देउवा, प्रचण्ड, यादव र माधव नेपालको किर्ते कामको पर्दाफासः एमाले सांसद भट्ट ले भने ‘देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेको छैन’

काठमाडौं, जेठ ७ । एमाले सांसद डा. दीपकप्रकाश भट्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । कांग्रेस सभापति देउवाले तपाईंको समेत हस्ताक्षर प्रयोग गरी प्रधानमन्त्री दावी गर्नुभएको छ नि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्