राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा २ वटा पुरस्कार प्राप्त गरिसकेपछि माननीय मन्त्री लालबाबु पण्डितसंग तस्विर खिचाउँदै पुरस्कृत छात्राका साथ विद्यालय सञ्चालकहरु ।
फाल्गुण २६ गते काठमाडौंमा भएको राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा कानेपोखरी–६ स्थित माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीको २ वटा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
“द कस्मीक स्टार काठमाडौंद्वारा आयोजित राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा पहिलो चरणमा देश भरका करिब ३० हजार भन्दा बढि विद्यार्थीहरु सहभागी भएका थिए । विभिन्न चरणहरु पार गर्दै माउण्ड हर्मोन चिल्डे«न एकेडेमीका विद्यार्थीहरुको फाइनल चरणमा १ हजार २०० भन्दा बढि विद्यार्थीहरुसंग प्रतिष्पर्धा गरी प्राथमिक तह देवनागरी हस्तलेखन तर्पm कक्षा ४ कि युना श्रेष्ठ नेपाल दोस्रो र आधारभूत तह तर्पm(अङ्ग्रेजी) कक्षा ५ कि सुम्निमा न्यौपानेले तेस्रो स्थान प्राप्त गर्न सफल भएकी हुन् । उनीहरु संगै जिल्लाबाट छनौट भई सहभागी हुन जाने माउन्ट हमौनकै कक्षा ३ का मनिष विष्ट, कक्षा ५ का आयुष कार्की र मन्जिला श्रेष्ठ, कक्षा ८ का विरेन घिसिङ तथा कक्षा १० की स्नेहा रिमाल उत्कृष्ट २० प्रतिष्पर्धिको रुपमा पर्न सफल भएको विद्यालयका संस्थापक सदस्य एविन्द्र पाठकले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन जानेक्रममा विद्यार्थीहरुलाई कानेपोखरी गाउंपालिका अध्यक्ष तारा बहादुर काप्mले तथा रमाइलो युवा परिवार, व्यापार संघ, लायन्स क्लब अफ कानेपोखरी, रमाइलो जेसिस, सहकारी संस्था तथा स्थानीय समाजसेवीहरुद्वारा सफलताको शुभकामना व्यक्त गर्दै औपचारिक विदाई गर्नुभएको थियो ।
सफलता पश्चात् पुरस्कृत विद्यार्थीहरुलाई गाउंपालिकाको आयोजनामा भव्य रुपमा स्वागत समारोहको आयोजना गरिएको थियो । बधाई स्वरुप सहभागी तथा विजेता विद्यार्थीहरु समग्र कानेपोखरी गाउँपालिक कै गौरव रहेको अध्यक्ष तारा बहादुर काप्mलेले भन्नु भएको थियो ।
मोरङकै उत्कृष्ट विद्यार्थी
एन प्याबसनद्वारा एसईई परिक्षाको पूर्व तयारी प्री–बोर्ड परीक्षामा माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमी कि अनिशा श्रेष्ठ जिल्लाकै उत्कृष्ट स्थान राख्न सफल भएको विद्यालय सञ्चालक समिति अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार २०७५ माघ १४ गते सञ्चालन भएको उक्त परिक्षामा श्रेष्ठले ए प्लस प्राप्त गरिकी हुन् ।
एन प्याबसन मोरङद्वारा आयोजित “दोश्रो एन प्याबसन स्पोटर्स मिट्स २०७५ मा माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीले विभिन्न विधाका खेलहरुमा आप्mनो सानदार जित हात पार्न सफल भएको प्रिन्सिपल होमबहादुर थापा मगरको भनाई छ ।
स्थापना कालको छोटो अवधि मै जिल्लाभरका स्थापित विद्यालयहरुमाझ माउण्ट हर्मोन कडा रुपमा आप्mना प्रतिभाहरु पेश गर्दै अग्रणी स्थानमा पुग्न सफल भएको छ । २ दिन सम्म संचालन भएको उक्त खेलकुद कार्यक्रमहरुमा यस विद्यालयका तर्पmबाट सिनियर छात्रा भलिबल खेलतर्पm जिल्ला प्रथम, जुनियर छात्रा कबड्डी तर्पm जिल्ला प्रथम, ५ किमि म्याराथोन दौड तर्पm जिल्ला तेस्रो, एथलेटिक्स तर्पm छात्रा जिल्ला तेस्रो, पुरुष भलिबल तर्पm जिल्ला तेस्रो स्थान हात पार्न सफल भएको हो ।
विद्यालयको नियमित अध्ययन अध्यापनका कार्य संगसंगै विद्यायलले शैक्षिक सत्र २०७५ देखि सञ्चालनमा ल्याएको निःशुल्क अतिरिक्त कृयाकलापहरुको थप कक्षाको उपजको रुपमा उल्लेखित प्रगति भएको विद्यालय परिवारको ठहर छ ।
करिब २ हजार भन्दा बढी विद्यार्थीहरुबिच प्रतिष्पर्धा भएको उक्त खेलकुद कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गर्नु भएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एन प्यावसन प्रदेश नम्बर १ अध्यक्ष जयबहादुर श्रेष्ठबाट पुरस्कृत विद्यार्थीहरुलाई ट्रफी, मेडल प्रमाणपत्र द्वारा सम्मान तथा बधाई ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता एन प्यावसन मोरङका अध्यक्ष शुनिलदत्त अधिकारीले गर्नु भएको थियो । कार्यक्रम संचालक एन प्यावसन मोरङ सचिव नारायण ढकालले गर्नुभएको थियो ।
गोपाल श्रेष्ठ (अभिभावक)
नियमित हुने अध्ययन अध्यापन संगैं नानीहरुको चौतर्फी विकासका लागि अतिरिक्त कृयाकलापको भूमिका हुने रहेछ । जसका माध्ययमबाट उनीहरुमा सकारात्मक सोचको विकास, अध्ययन तथा सृजनात्मक विषयप्रति बढ्दो लगाव, अनुशासीत, व्यवहारिक, अनि नैतिकवान पनि । माउण्ट हर्मोन यी सबै विषयहरुमा चिन्तित छ र समय सापेक्ष अध्ययन अध्यापन शैली अपनाएको पाएको छु । फल स्वरुप नानीहरुमा किताबी ज्ञान संगसंगै अन्य विधाहरुमा पनि गुणात्मक रुपमा वृद्घि भएको पाउन र देख्न सकिन्छ । यसै विद्यालयकी कक्षा ५ मा अध्ययनरत मेरी छोरी मन्जिला श्रेष्ठ जो भर्खरै राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा सकृय सहभागीता जनाई उत्कृष्ट २० मा पर्न सफल भएकी हुन् । यसको श्रेय म सम्पूर्ण माउण्ट हर्मोन परिवारलाई दिन चाहन्छु ।
विनिसा भट्टराई (विद्यार्थी)
म यो विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा हुं । सरल, सजिलो ढङ्गबाट गुरु गुरु आमाले पढाउनु हुन्छ । पढाएको बुझिन्छ । नियमित पढाइ पछि दैनिक संचालन हुने अतिरिक्त कृयाकलापको कक्षाले हामीलाई थप उर्जा प्राप्त भई व्यक्तित्व विकास, क्षमता अभिवृद्घिमा सहयोग पुगेको जस्तो लागेको छ ।
“कताबी ज्ञानले मात्र शिक्षा पूर्ण हुंदैन”
होम थापा मगर (प्रिन्सिपल)
शिक्षा जीवनमा अपरिहार्य छ । कुनै विकल्प छैन । यद्यपि मात्र किताबी ज्ञानले शिक्षा पूर्ण नहुने भएकाले हामीले आप्mनो सुझबुझले भ्याएसम्म सक्दो प्रयास गरेका छौं । सहर केन्द्रीत विद्यालयमा लगाइएका शैक्षिक कार्यक्रमहरु हामीले मोफसलमा रहेर पनि न्यूनतम शुल्कमा अभ्यासमा ल्याएका छौं । नर्सरी, एल के जी र यू के जी का साना साना नानीहरुका लागि प्रयोगात्मक शैक्षिक पद्घति कार्यक्रम लगाइएको छ । साथै अन्य कक्षामा पनि विषय संग सम्बन्धित स्थलगत अवलोकन भ्रमण, श्रवण दृश्यको माध्यमको भरपूर प्रयोग गरी भयरहित वातावरणमा पठन पाठन गर्ने गरिन्छ । “शिक्षित हुनुको अर्थ छाप लागेको प्रमाणपत्र बोक्नु मात्र होइन”
रजेश कार्की (अध्यक्ष)
शिक्षित नागरिक नै विकासको पहिलो आधार हो । विकासको विन्दुमा पुग्ने लक्ष्य राखेका विकसित मुलुकहरुले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । “गुणात्मक र स्तरीय एवम् प्रतिस्पर्धात्मक शिक्षा आजको आवश्यकता हो ।” यसमा आधारित भएर २०७१ सालमा स्थापित विद्यालय माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमी कुशल नेतृत्व अनि सक्षम र सफल शिक्षकहरुबाट संचालित विद्यालय हो ।
मानवीय जीवनशैलीमा परिवर्तन नभएसम्म शिक्षाको अर्थ हुदैन । शिक्षित हुनुको अर्थ छाप लागेको प्रमाणपत्र बोक्नु मात्र होइन । विद्यार्थीले सिप र ज्ञान संगसंगै हासिल गर्नैपर्छ । सिप र ज्ञान बिना शिक्षाको अर्थ हुदैन । त्यसैले ज्ञान संगसंगै सिपको विकास गर्न यस विद्यालयले विभिन्न अतिरिक्त कक्षाहरुको संचालन गर्दै आएको छ । आजको विद्यार्थी भोलीको समाज परिवर्तनको संवाहक हो भनी यसमा भएको क्षमता पहिचान गरी त्यसलाई सही मार्ग प्रदान गर्न, सकारात्मक सोच सृजित गर्न विद्यालय लागी परेको छ ।
विराटनगर । मोरङमा सावारी साधानको गति मापनगर्ने यन्त्र (राडार गन) प्रयोगमा ल्याइएको छ । तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको...
विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...
विराटनगर, असार ६–मोरङ प्रहरीले जिल्लामा अमनचयन काम गर्न तथा शान्ति सुरक्षा स्थापना गर्न सबै प्रविधि र जनशक्तिको प्रयोग भइरहेको जनाइएको छ । सोही कार्य अन्तर्गत मोरङ प्रहरीले बन्दाबन्दी शुरु हुनु भन्दा पहिले चार महिनाको अवधिमा...
विराटनगर । सुनसरीको रामधनुी नगरपालिका ७ मा पिकनिक जाने क्रममा १६ वर्षीया एक जना किशोरीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने सुनसरी इनरुवा नगरपालिका ४ का ३३...
मंगलबारदेखि लागु हुने गरी भारत सरकारले पनि २१ दिनको लागि लकडाउन गरेपछि बुधबार भारतबाट हुने आपूर्तिमा समस्या भएको छ । बुधबार एका बिहानै भारतबाट सामान आयात भए पनि दिउसो भने आयात निर्यातमा समस्या भएको भन्सार...
विराटनगर, २५ पुस-प्रदेश १ मा कामदारको शिप विकाससँगै उनिहरुको दक्षता अभिबृद्धिका लागि परियोजना सुरु भएको छ । शुक्रबारदेखी उद्घाटन् गर्दै प्रदेश १ का तीन जिल्लामा दक्षता परियोजना सुरु भएको हो । बेरोजगार युवारुमा दक्षता तथा...