विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

 न्यूज विराट
विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा ३, धनपालथान, सुनबर्षी र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ४, धरानमा १, झापाको भद्रपुर र हल्दिबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, तेहृथुमको म्याङलुङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा महिला १२ र पुरुष १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल कराते महासंघको दोस्रो वार्षिक साधारण सभा सकियो

विराटनगर । नेपाल कराते महासंघले आफ्नो दोस्रो वार्षिक साधारण सभा निजगढ, बारामा सफलतापूर्वक सम्पन्न गरेको छ। सभाले केही महत्वपूर्ण निर्णयहरू गरेको छ। साधरणसभामा कराते खेलाडी एरिका गुरुङलाई हिमालयन वारियर उपनामले सम्मानित गरिएको छ । राष्ट्रिय...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...

चौथो मिल्स गोल्डकपको फाइनल आज : एपीएफ दोस्रो पटक र घरेलु टोली पेमा पहिलो पटक उपाधि जित्ने दाउँमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा घरेलु टोली पेमा युवा क्लब विराटनगर पहिलो पटक र सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी दोस्रो पटक उपाधि हात पार्ने दाउमा रहेको छ । दुवै टोली...

कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

सुर्खेत, ४ असार-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ । समुदायस्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका २ जना बिरामी र...

बुटवलमा १ सय ५ जनाले छाडे कांग्रेस

रुपन्देही । गठबन्धनसँग असन्तुष्ट रहेका बुटवलका १ सय ५ जना कांग्रेसका युवाहरूले सामूहिक राजीनामा दिएका छन् । बुटवल कांग्रेसको बलियो संगठन रहे पनि माओवादीलाई अनावश्यक स्थान दिएको भन्दै यसरी राजीनामा दिएको उनीहरूको भनाइ छ ।...

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विराटनगरलाई

विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...

आर्मी हुँ भन्दै ठग्ने कारागार चलान

आर्मी हुँ, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेका सामान सस्तो मूल्यमा दिन्छु भन्दै पसलेलाई प्रलोभनमा पारेर ठगी गर्ने ४६ वर्षीय राजकुमार राउतलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको छ । उनको नाममा मेचीनगर, विर्तामोड, भद्रपुर...

नेता पक्राउपछि विप्लव आक्रोसित, प्रतिकारका लागि तयार रहन निर्देशन

काठमाडौं, २४ वैशाख-नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् । विप्लवले एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्