कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा - News Birat

कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

न्यूज विराट

सुर्खेत, ४ असार-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ ।

समुदायस्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका २ जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले बताए । ‘दैलेख र सुर्खेत जिल्लाबाट उपचार गराउन आएका तीन जनामा कोरोना पोजेटिभ देखिएको छ’ उनले भने, ‘अनिश्चितकालका लागि अहिले इमरजेन्सी कक्ष सिल गरिएको छ ।’

प्रदेश अस्पतालको इमर्जेसी वार्डमा उपचार गराइरहेका ३ जनामा कोरोना पोजेटिभ देखिएपछि नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा राखिएको डा खड्काले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles