कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

 न्यूज विराट
कांग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशनस्थल काठमाडौं आउन सुरु गरेका छन् ।

२४(२७ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।

ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुबै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरीपरीको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौं । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौं । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरीपरी खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो,’ एसएसपी भट्टराईले भन्नुभयो ।

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो । ‘योभन्दा अगाडि ठूला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौं । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उहाँले भन्नुभयो ।

असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरु सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरु गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’ एसएसपी भट्टराई भन्नुहुन्छ, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिँकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुनेगरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ ।

एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ । टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ । ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उहाँले भन्नुभयो । ।

सम्बन्धित समाचार

प्रदेश १ मा ४२१ जनामा कोरोना संक्रमण

विराटनगर, ७ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

प्रदेश- १ का मुख्यमन्त्री राईले हटाए आर्थिक मामिलामन्त्री आङ्बोलाई

काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...

अध्यादेश खारेजीको माग गर्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं, ११ वैशाख-नेपाल बिद्यार्थी संघ (नेविसंघ) को एक समूहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।...

१५३ सांसदको समर्थनसहित वैकल्पिक सरकारमा ओलीको दाबी प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं, १२ असार-नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो । असार ११ गते राप्ती स्वास्थ्य विज्ञान...

सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्