कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

 न्यूज विराट
कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो ।

बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि मतपत्रमा इलामबाट सदस्यमा उठेका श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम छुटेपछि विवाद भएको थियो । जसका कारण रोकिएको मतदान प्रक्रिया केहीबेरअघि सुरु भएको हो ।

मतपत्रमा छुटेका उम्मेदवारको नाम समेटेपछि मतदान सुरु भएको निर्वाचन समितिका अधिकृत भरत थापाले जानकारी दिए ।

नेपाली कांग्रेस प्रदेश १ को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । सभापतिमा देउवा‒सिटौला समूहबाट झापाका उद्धव थापा र कोइराला–पौडेल समूहबाट केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

प्रदेश उपसभापतिमा गोविन्द ढुगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा प्रतिस्पर्धामा छन् ।

सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अञ्जना ताम्ली, रोहित राई, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार वस्नेत, खड्ग फागो र इन्दिरा थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ४ सहमहामन्त्री निर्वाचित गर्ने छ । सहमहामन्त्रीमा २ महिला र २ खुल्ला निर्वाचित हुनेछन् ।

सम्बन्धित समाचार

मृत्युपछि सुत्केरीलाई संक्रमण पुष्टि : मलामी गएका ४९ जना सम्पर्कमा

धनगढी, जेठ २५-सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमै मृत्युपश्चात कोरोना पुष्टि भएकी महिलाको मलामी गएका व्यक्तिहरूलाई प्रहरीले सम्पर्कमा ल्याएको छ । प्रहरीका अनुसार महिलाको टोलसहित घोडाघोडी नगरपालिका- ३ का ८ र बर्दोगोरिया गाउँपालिका- २ का दुई...

सांसदहरूलाई काठमाडौंबाहिर नजान संसद सचिवालयको आग्रह

काठमाडाैं, ३० वैशाख-संसद सचिवालयले काठमाडौंमा कोरोना परीक्षण गरेका सांसदहरूलाई उपत्यकाका बाहिर नजान आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी संसद सचिवालयले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बाहिर नजान आग्रह गरेको हो । काेराेना...

क्रिसमस डे नेपालसहित विश्वभर मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं, पुस ९–इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर भव्य रुपमा मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ । ‘क्रिसमस डे’...

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध निवेदनमाथिकाे सुनुवाइ भोलिलाई सारियो

काठमाडौं, १५ पुस-प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वाेच्च अदालतमा परेका निवेदनमाथिकाे सुनुवाइ भाेलि हुने भएकाे छ । आज पालाे नआएकाले सुनुवाइ भाेलिका लागि ताेकिएकाे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । ‘समय अभावका कारण आज...

सकियो टि– २० क्रिकेट प्रतियोगिता, आयोजक मिल्सले जित्यो उपाधि

विराटनगर । आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलन भिडन्तमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले...

पाटन अस्पतालमा कोरोना स‌ंक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ-पाटन अस्पतालमा उपचाररत कोरोना स‌ंक्रमित युवकको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पुष्टिपछि २८ साउनदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको...

जोगबनी नाकाबाट ८ हजार भित्रिए

विराटनगर, असार २५–नेपाल–भारतको विराटनगर–जोगबनी सिमानाका हुँदै हालसम्म ८ हजार बढी ब्यक्तिको आवागमन भएको छ । लकडाउन सुरु भएयता सो सिमा हुँदै ८ हजार ९३ जनाको आवागमन भएको छ । सो सिमानाका हुँदै हालसम्म ३ हजार...

उद्योगी राठीलाई बन्धक बनाएर १५ लाख असुली प्रकरण, निष्पक्ष छानवीन गरी कारवाही गर्न माग

विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्