मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

 न्यूज विराट
मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गरिरहेका छन् ।

मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीसँग छलफल पनि गर्ने गरेका छन् । मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीका गुनासा, योजना निर्माणपछिका फाईदा, आगामी दिनमा गर्नुपर्ने कामका लागि सुझाव पनि लिने गरेका छन् ।

मन्त्री घिमिरेले आज निर्वाचन क्षेत्र नं. ४ (ख) अन्र्तगतको विराटनगर–२ मा निर्माण भईरहेका र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गरेका छन् । विराटनगर २ मा आर्थिक वर्ष २०७६/०७७ मा निर्वाचन क्षेत्रगत रुपमा १ करोड १८ लाखका योजना तथा कार्यक्रम समेटिएको थियो ।

विराटनगर २ को वडा कार्यालयबाट सोमबारे हाट जाने र मुनाल चौक पूर्वको नाला तथा ग्राभेलका लागि ५० लाख, विराटनगर हनुमान मन्दिर पार्क निर्माणका लागि १५ लाख, ओशो ध्यान केन्द्रदेखि उत्तर सुकुम्वासी टोलको सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सोमबार सामुदायिक भवन निर्माणका लागि १० लाख, एप्लाईड कलेज जाने सडकको नाला निर्माणका लागि १० लाख, छठिमाता मन्दिरका लागि १० विनियोजन गरिएको थियो ।

सांसद विकास कोष मार्फत गत आर्थिक वर्षमा विराट सामुदायिक विकास केन्द्रका लागि ५० हजार, महेन्द्र रात्री माविमा खानेपानी निर्माणका लागि ५ लाख, शंकरपुर आधारभुत विद्यालयमा सूचना प्रविधि कार्यक्रमका लागि २ लाख ५० हजार बिनियोजन गरिएको थियो । मन्त्री घिमिरेसँगै स्थानीयबासी उपभोक्ता समितिहरुले सडक, भवन लगायतका योजनाहरुको अनुगमन गरेको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रचण्ड-नेपाल समूहले जलाएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...

कोरोना कहरकाबीच प्रदेश १ मा यसरी मनाइयो छठ (फोटो फिचरसहित)

विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन्...

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण गरिनुपर्नेमा जोड

विराटनगर । कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गरिनुपर्ने एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा विराटनगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । उक्त...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

डब्लूएचओले भन्यो : नेपालमा अझै कोरोना महामारी टरेको छैन, सतर्कता अपनाऊ

काठमाडौं, ८ असार-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयले कोभिड-१९ को महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । डब्लूएचओका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड-१९...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्