बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

 न्यूज विराट
बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका– ४ थुमीमा बुहारीको कुटाइबाट स्थानीय ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट चामबहादुर गम्भीर घाइते भएका थिए । शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौं लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीको भनाइ छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मिल्स गोल्डकपको तयारी पुरा, उद्घाटनमा धुव्रतारा र शान्ति नगरबीच हुने

विराटनगर । मिल्स गोल्डकप ट्रष्टले आयोजना गर्ने तेस्रो संस्करणको मिल्स गोल्डकपको तयारी पुरा भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।...

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

मन्त्रिपरिषद् बैठक सुरुहुँदै ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ वैशाख-सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ ।प्रधामन्त्री निवासमा बालुवाटारमा बस्ने बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण...

बृहत् नागरिक आन्दोलनले संविधान संशोधन मार्च गर्ने, संविधान अधुरो र अपुरो रहेको भनाइ

बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

सामाजिक सञ्जाल मार्फत् सचेतना जगाउँदै काङग्रेसका शीर्ष नेता

कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्