एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर

 न्यूज विराट
एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर

काठमाडौं, मंसिर ६ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टरहरु परिचालन गर्ने भएको छ ।
महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले डाक्टरसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य समितिका संयोजक भानुभक्त ढकालका अनुसार प्राथमिक उपचारदेखि भैपरि आउने स्वास्थ्य समस्या हेर्नेगरी व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशन उद्घाटनका दिन आउँदो १० गते नारायणी नदी किनारमा डाक्टरहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चार वटा स्टल राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । समितिले होटलमा बस्ने प्रतिनिधिहरुका लागि आपत्कालीन स्वास्थ्य समस्या आइपरे नजिकका अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।अतिआवश्यकीय सेवाका लागि प्रतिनिधि रहने क्षेत्रमा डेस्क राखिने ढकालले बताउनुभयो । नियमित र उमेरजन्य औषधि सेवनका लागि निःशुल्क व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ को जोखिम कम नभएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने ढकालले बताउनुभएको छ ।खुला र बन्द दुवै सत्रमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आएका प्रतिनिधिहरुलाई सम्बन्धित देश फर्कंदा पीसीआर परीक्षण सहज रुपमा गराउने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

काठमाडौं, ६ वैशाख-नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ । विसं २०२७, ६वैशाखमा स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक...

१ घण्टाको अवधिमा कतार एयरका २ उडान

कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ ।विदेशी नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो। शुक्रबार ३०० युरोपेली नागरिकलाई लगेको कतार एयरले शनिबार १०:१५ मा एउटा र ११:१५...

झण्डै २ करोड नक्कली नोट बरामद, एक भारतीय पक्राउ

विराटनगर । सुनसरी प्रहरीले एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो । भारतीय नम्बर प्लेटको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्