नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

 न्यूज विराट
नेविसङ्घ ५१औँ वर्षमा : राहत वितरण गरेर स्थापना दिवस मनाउँदै

काठमाडौं, ६ वैशाख-नेपाली काँग्रेसको सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी सङ्घ स्थापनाको ५० वर्ष पूरा गरी आज ५१औँ वर्षगाँठ मनाउँदै छ ।

विसं २०२७, ६वैशाखमा स्थापना भएको नेविसङ्घले स्थापनाकालदेखि नै मुुलुकका हरेक राजनीतिक र शैक्षिक आन्दोलनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेलामा काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर आन्दोलन गर्न नेविसङ्घको स्थापना भएको थियो । काँग्रेसका नेता उत्पादन गर्ने नर्सरीका रूपमा समेत रहेको नेविसङ्घलाई पार्टीमा ठूलो महत्वका साथै लिने गरिएको छ ।

त्यही भएर नेविसङ्घको नेतृत्व आफ्नो पक्षको बनाउने विषयमा काँग्रेस नेताहरुबीच बेला–बेलामा विवादसमेत हुने गरेको छ । काँग्रेसको हालको नेतृत्वमा रहेका अधिकांश नेता पनि नेविसङ्घको राजनीतिबाटै उदाएका हुन् ।

नेविसङ्घमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् ।

नेविसङ्घको ५१औँ वर्ष प्रवेशको अवसरमा आज अध्यक्ष राजीव ढुङ्गानाले शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसङ्गतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र ऊर्जा मिलोस् भनेर सम्पूर्ण विद्यार्थीमा शुभकामना व्यक्त गरे ।

साथै उनले नेविसङ्घद्वारा विगतमा सञ्चालित विभिन्न शैक्षिक तथा राजनीतिक आन्दोलनमा वीरगति प्राप्त गर्ने शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

कोरोना भाइरसको सङ्क्रमणको विश्व नै सङ्कटमा रहेको घडीमा सिङ्गो राष्ट्र एकजुट भइ महामारीको सामना गर्न आह्वान गर्दै अध्यक्ष ढुङ्गानाले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथ लिई अघि बढ्न सरकारसँग आग्रह गरे ।

नेविसङ्घलाई अझ बढी प्रशिक्षित र अनुशासित सङ्गठनका रुपमा रुपान्तरण गरी वर्तमान समयका हरेक चुनौतीहरुको सामना गर्दै देशका सम्पूर्ण विद्यार्थीहरुको आशा र भरोसाको केन्द्रका रुपमा नेविसङ्घलाई स्थापित गर्न उनले सबैलाई आह्वान गरेका छन् ।

नेविसङ्घले आज शैक्षिक केन्द्रका रुपमा रहेका देशका विभिन्न सहरमा डेरा गरी बसेका विद्यार्थीलाई राहत वितरण गरेर आफ्नो स्थापना दिवस मनाउँदै छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान विषम परिस्थितिमा रक्तदानलगायत विभिन्न रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउन सम्पूर्ण जिल्ला समिति, क्याम्पस इकाई र उच्च माध्यामिक विद्यालय एकाइहरुलाई परिपत्र गरिएको छ ।

स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालका माध्यमबाट तथा उपलब्ध प्रविधिको प्रयोग गरी सचेतना मूलक कार्यक्रम, गोष्ठी, छलफल तथा अन्तक्र्रिया गर्नसमेत परिपत्र गरिएको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

नेविसङ्घले सबै कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गरी, समाजिक दुरी कायम गर्दै सबै खाले सुरक्षा सावधानी एवं सङ्क्रमण सर्तकता अपनाउँदै सम्पन्न गर्नसमेत मातहतका समितिलाई निर्देशन गरेको छ । रासस

सम्बन्धित समाचार

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

प्रदेश २:आइतबार १ सय ४४ जना थपिए

जनकपुरधाम, ३२ साउन-प्रदेश २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ हजार नजिक पुगेको छ । आइतबार १ सय ४४ जना थपिएसँगै संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको समाजिक विकास मन्त्रालयले जनाएको छ...

तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय...

मतदाताको घर–घर पुगेर आशिर्वाद लिँदै रंगेली–७ का स्वतन्त्र उम्मेदवार श्रेष्ठ, भन्छन्–वडालाई नमुना वडाको रुपमा विकास गर्छु

रंगेली, २६ वैशाख । सञ्जिव श्रेष्ठ रंगेली–७ का लागि निकै परिचित नाम हो । निरन्तर विभिन्न सामाजिक काममा सकृय रहँदै आएका श्रेष्ठको छवि समाजमा उच्च छ । निरन्तर समाजका लािग केही न केही गरिरहने श्रेष्ठप्रती...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्