पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

 न्यूज विराट
पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले घाटा कम गर्न सरकारले अनुदान नदिए मूल्य समायोजनको विकल्प नरहेको स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थी संगठनहरुसँग सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा छलफल भएको थियो । छलफलमा निगमले तथ्याङ्क प्रस्तुत गर्दै घाटा थेग्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

‘सचिवज्यूको आह्वानमा भएको छलफलमा ८ वटै विद्यार्थी संगठनको सहभागिता थियो । उनीहरुको एक सूत्रीय माग नै बढेको मूल्य खारेज हुनुपर्ने थियो’ निगमका प्रवक्ता बिनितमणी उपाध्यायले भने, ‘हामीले अहिलेको अवस्थामा नोक्सानीको यथार्थ विवरण प्रस्तुत गरÞ्यौँ । आइओसीलाई पैसा तिर्न सरकारबाट अनुदान वा ऋण लिनु पर्ने अवस्था आइसकेको छ ।’

निगमले अझै मूल्य बढ्ने संकेत समेत गरेको छ । उपाध्यायले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छैन, उस्तै छ । भारतबाट नयाँ मूल्यसूची भोलि आउँछ, बढेरै आउने अनुमान छ । त्यसपछि फेरि समायोजनको निर्णय गर्छौं ।’ छलफलका क्रममा वाणिज्य सचिव भट्टराईले बजार मूल्य बढ्न नदिने र निगमलाई घाटाबाट बचाउन पनि थप गृहकार्य भइरहेको आश्वासन दिए ।

उनले प्रधानमन्त्री र मुख्यसचिवसँग छलफल गरेर निर्णय गरिने बताएका थिए । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ घाटा भइरहेको छ । पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउँदा बढाउनुपर्ने बाध्यता रहेको निगमले बताउँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढिरहदा यहाँ कर घटाएर उपभोक्तालाई केही राहत दिन सकिने भए पनि सरकारले चासो दिएको छैन । निगमको तथ्यांकअनुसार आईओसीबाट खरिद गरिएको पेट्रोलमा प्रतिलिटर ५७.७३ रुपैयाँ कर जोडिन्छ ।

त्यसबाहेक निगमको खर्चस्वरूप २ रुपैयाँ, ढुवानी भाडा ५ रुपैयाँ र पेट्रोलियम बिक्रेता मुनाफा ५.३२ रुपैयाँ प्रतिलिटर जोडिन्छ । यस्तै, डिजेलमा ४०.४१ रुपैयाँ कर, निगमको खर्च १.५९ रुपैयाँ, ढुवानी भाडा ३. ७७, पेट्रोलियम बिक्रेता मुनाफा स्वरूप ४.१७ रुपैयाँ जोडिन्छ । यी सबै जोडर बिक्री गर्दा उपभोक्ता मूल्य उच्च रहँदै आएको छ । इकान्तिपुरबाट साभार

सम्बन्धित समाचार

मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...

महिलालाई स्वस्थ्य बनाउन सौन्दर्यकर्मीले गर्यो शिविर, ७५ जना महिलाले गराए स्वास्थ्य जाँच

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिले तिजको अवसर पारेर निःशुल्क भिआइए जाँच शिविर आयोजना गरेको छ । सौन्दर्यकर्मी युनियनले मोरङको कटहरी गाउँपालिका – ३ कटहरीको स्वास्थ्य चौकीमा मंगलबार पाठेघरको मुखको क्यान्सरको परीक्षणको...

सुष्मा कार्कीमाथि दुर्व्यवहार प्रकरण : सामाजिक सञ्जालमा माफी माग्ने सर्तमा मिलापत्र

आफूमाथि दुर्व्यवहार गरेको भन्दै आरती खड्का र उत्सव रसाइलीविरुद्ध उजुरी दर्ता गराएकी नायिका सुष्मा कार्कीले उनीहरूसँग मिलापत्र गरेकी छिन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दुवै पक्षले मेलमिलापको लिखित सहमति गरेका हुन् । दुवै पक्षले अबदेखि यस्ता...

विराटनगरमा बस्न नसकेको बुद्ध एयरकाे जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

विराटनगर, ११ असोज । विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको छ । प्राविधिक समस्या आएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्किएको थियो । बुद्ध एयरको ‘एएनआई एटिआर’ जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि...

मोरङ केराबारीमा लोड गरिएको भरुवा बन्दुकसहित तीन जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाँउपालिका ८ स्थित आमजुङगी सामुदायिक वन जंगलको एरियामा तीन जना व्यक्तिहरूलाई अवैध रूपमा लोड गरिएको भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा प्रहरीले तीन जना व्यक्तिहरूलाई अवैध बन्दुक सहित आइतबार...

विराट व्यापार संघका अध्यक्ष खत्रीसहित चार जना सम्मानित

विराटनगर । विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीसहित चार जना सम्मानित भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४औं वार्षिक साधारण सभा तथा महिला उद्यम समितिको २०औं वार्षिक साधारण सभाको अवसर पारेर...

काँग्रेसका युवा नेता गिरीद्धारा सामुदायिक विद्यालयलाई पंखा वितरण

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले सामुदायिक विद्यालयलाई पंखा वितरण गरेका छन् । केही दिनयतादेखि अत्याधिक गर्मी बढेपछि पंखा नभएको सामुदायिक विद्यालयमा गिरीले पंखा वितरण गरेका हुन् । गिरीले विराटनगर १८ स्थित श्री...

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं, ८ जेठ-नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्