प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

 न्यूज विराट
प्रधानन्यायाधीश जबराले आज पनि सबै खालका मुद्दामा तोके पेसी

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छन् । प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका हुन् ।

उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोकेका छैनन् । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही ७ कात्तिकदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए । सर्वोच्च अदालतमा यही ८ कात्तिकदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको थियो । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।

अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन । यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

सम्बन्धित समाचार

कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री

काठमाडौँ, ३० माघ -गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा...

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

काठमाडाैं, २२ असार-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...

एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर...

सिँचाइका लागि बनाएको पोखरीमा डुबेर वृद्धको मृत्यु

इलाम, १० कात्तिक-इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका- ३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन् । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको...

रंग पत्रकार प्रेम देवान सम्मानित

विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् । चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय...

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्न पत्राचार

काठमाडौं, १३ असोज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले तोकेभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्