राशिफल

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

 न्यूज विराट
प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ । ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानको नाममा प्रदेश २ सरकारले छोरी शिक्षा बीमाको रकम ३ लाख र्पुयाएपछि प्रदेश सरकारको चारैतिर प्रशंसा भइरहेको छ ।

‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानबाट उत्साहित बनेका मुख्यमन्त्रीले बिहीबार आयोजित एक कार्यक्रममा आफ्नै कार्यकालमा छोरीलाई छोराको मुखमा एसिड खन्याउन सक्ने हैसियतको बनाउने घोषणा गरे । मुख्यमन्त्री राउतले मैथिली भाषामा भनेका छन्, ‘तपाईंहरू छोरीका बारेमा सोच्दै हुनुहुन्छ । हामी पनि पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौँ । छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र यति लडाकू बनाउनु छ मेरो कार्यकालमा कि छोरीले अब छोराको मुखमा एसिड खन्याउँछन्, यस्तो मेरो सोच छ ।’

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...