आज तिहारको चौँथो दिन गाई, गोरु, गोवद्र्धन र हलि पूजा

 न्यूज विराट
आज तिहारको चौँथो दिन गाई, गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौं, कार्तिक १९ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

हलि एवं गोरु पूजा

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।

गोवद्र्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...

विराटनगरमा संस्कृत भाषाको प्रशिक्षण हुने , देशभरका ५ सय जनाको सहभागी

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ । विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय...

कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो छ : मन्त्री यादव

विराटनगर, २२ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रका लागि प्रयाप्त तयारी भईरहेको बताउनु भएको छ । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि विगतमा भएका तयारी भन्दा राम्रो...

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् । ६ पटकसम्म अध्यक्षद्वयबीच...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्