म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

 न्यूज विराट
म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि आहृवान गरिएको म्यादी प्रहरी भर्नाका लागि उनी दरखास्त फारम लिएर धकेलाधकेल हुने लाइनमा उभिएर आफ्नो आवदेन दर्ता गराइन् ।

आवदेन दर्ता गरेर परीक्षा कुरेर बसिरहेकी उनले अगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउने अठोटका साथ आफुले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवदेन दिएको बताइन् । उनीसँगै आएका थिए, उनका २२ वर्षीय श्रीमान सुमन थापा । उनी पनि पुर्व म्यादी प्रहरी हुन् । प्रतिनधी र प्रदेशसभाको निर्वाचनको लागि म्यादी प्रहरी बन्न उनले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार आएर आवेदन दिए । बेरोजगारी र घरायसी समस्याको कारण पनि आफुले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । उनीहरू यस अघि स्थानिय निर्वाचनमा म्यादी प्रहरीको भूमिका निर्वाह गरिसकेको कारण फेरी पनि आफूहरूले आवदेन दिएको थापाले बताए ।

यस्तै मोरङको कानेपोखरी गाउँपालिकाकी २१ वर्षीय कोपीला पुरीले महिलाले पनि प्रत्येक कार्य गर्न सक्ने र प्रहरी संगठनमा आवद्ध भएर ज्ञान आजर्न गर्ने राम्रो अवसर रहेको कारण आफूले यस अवसरलाई छुटाउन नचाहेको बताइन् ।
‘रोजगारी छैन । घरमा बसेर के गर्नु ? । बरु म्यादी प्रहरीमा भर्ना भएपनि केही रकम पनि आजर्न हुन्छ र केही ज्ञान पनि आर्जन गर्न पाइन्छ भने हामीहरु आवदेन दिन आएका छौँ,’ कानेपोखरी ६ का श्याम तामाङले भने । प्रहरी बन्ने इच्छा रहेको कारण पनि आफुमध्ये धेरैजनाले म्यादी प्रहरीमा आवदेन दिएको उनले बताए । तामाङ यसअघि पनि स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएका थिए ।


भदौ महिना सकिन लागेपनि विराटनगरको प्रचण्ड गर्मीमा मोरङका बिभिन्न ग्रामीण तथा शहरी क्षेत्रबाट म्यादी प्रहरी भर्ना हुनका लागि युवा युवतीहरु तछाडमछाड गरेर जिल्ला प्रहरी कार्यालय नजिक रहेको खुल्ला मैदानमा लाइनमा लाम लागेका छन् । प्रहरीलाई पनि लाइन व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । जिल्ला प्रहरी कार्यालयमा बिहीबार साझसम्म दुई हजार आवदेकले आवेदन दर्ता गराएको र आवदेन दर्ता गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आवदेन दिनेहरुमा मुख्यत बेरोजगारी, पूर्व म्यादी प्रहरीको आर्कषण, प्रहरी बन्ने इच्छुक, प्रहरीसगँ काम गर्ने अवसर लगायतका कारणले म्यादी प्रहरीमा आवेदन दिनेहरु चाप बढेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
देश भरिबाट १ लाख १५ जना म्यादी प्रहरी आवश्यक रहे पनि मोरङमा कति हुने अहिले सम्म कुनै निर्देशन नआएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


आवदेन दर्ता गराउनका लागि असोज ६ गते सम्मको म्याद रहेको छ । ४० दिने म्यादी प्रहरीले एकमुष्ट ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यस्तै राशन बापत ७ हजार २ सय पाउनेछन् ।

सम्बन्धित समाचार

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे

काठमाडौं, २३ असोज-नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो । आज १३ हजार २ सय ७९ को पीसीआर गर्दा...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

सामाजिक काममा सक्रिय पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्ड

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् ।  लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...

कोरोना संक्रमणबाट चार दिनभित्र विराटनगर महानगरका दुई कर्मचारीको मृत्यु

विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

कोरोनाका कारण टिकटमै गुम्यो सर्वसाधारणको करोडौँँ रुपैयाँ

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको...

विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्