गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

 न्यूज विराट
गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको हो ।

महानगरपालिकाले प्रदेश सरकार र प्रदेश १ लगानी प्राधिकरणबिच भएको समझदारी बमोजिम गुद्री बजारस्थित ‘इ प्लट’ मा अन्तराष्ट्रिस्तरको सुविधा सम्पन्न व्यापारिक बन्ने भएकाले सो स्थानको जग्गा खालि गर्न सुचना जारी गरेको हो ।

महानगरले आगामी १५ दिन अर्थात कात्तिक २९ गतेभित्र गुद्री क्षेत्रमा रहेका जग्गा खालि गर्न अल्टिमेटम दिएको हो । महानगरले अहिले सो स्थानमा रहेका घर, टहरा र सटरहरुमा व्यापार व्यवसाय गर्नेहरुलाई स्थान खालि गर्न भनेको छ ।

‘प्रदेश सरकार र प्रदेश १ लगानी प्राधिकरणबिच हालको गुद्री बजारमा अन्तराष्ट्रिस्तरको सुविधासम्पन्न व्यापारिक भवन बनाउन समझदारी भएको छ ।’ सुचनामा भनिएको छ,‘उक्त स्थानमा रहेका घर, सटर र टहराहरु हटाई साइट क्लियर गर्नुपर्ने भएको हुँदा सो स्थानमा व्यापार व्यवसाय सञ्चालन गरि बसेका सवैलाई कात्तिक २९ गतेभित्र घर, टहरा र सटरहरु खालि गरिदिनुहुनका लागि जानकारी गराइन्छ ।’

केही दिन अघि विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेका हुन् । परियोजनाको काम आगामी तीन महिनाभित्रै सुरु हुने महानगरले जनाएको छ । व्यापारिक कमप्लेक्स भवन ३ वर्षभित्र बनाइसक्ने योजना छ ।

सम्बन्धित समाचार

कालापानीको भू–भाग भारतलाई लिजमा दिनुपर्छ : सुजता कोइराला

काठमाडौ, पुस २२–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा व्यक्त गरेकी छिन् । आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न...

‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा...

कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन । जापान पूर्ण...

कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...

कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो । काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी...

छठ पर्वका लागि विराटनगरमा खोलामा सरसफाइमा गरिँदै

विराटनगर, २३ कात्तिक । नेपालीहरुका दुई ठूला चाड दसैं र तिहार सकिएसँगै अहिले अर्को महत्वपूर्ण पर्व छठको चटारो सुरु भइसकेको छ । अहिले विराटनगर बजारमा छठ पर्वका लागि आवश्यक सामाग्री किन्नेहरुको भिड बढेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्