नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

 न्यूज विराट
नेकपा (एमाले) मोरङ अधिवेशनः सुनवर्षीमा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा राजवंशी र सचिवमा कडेल निर्वाचित

विराटनगर, १३ कात्तिक । नेकपा (एमाले) मोरङको पालिका अधिवेशन अन्तर्गत शनिबार सुनवर्षी नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा भेडुवाथानमा सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

नगर कमिटीको अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा श्याम राजवंशी, उपाध्यक्षमा प्रदिप रायमाझि, सहसचिवमा रुपेश साह र भूमिका दुलाल सर्वसम्मत निर्वाचित भएका छन् । यस अघि पनि राजवंशी अध्यक्ष र कँडेल सचिव थिए ।

अधिवेशनले समावेशी नेतृत्व चयन गर्दै ७५ सदस्यीय नगरकमिटी सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव विष्णु कँडेलले जानकारी दिए । अधिवेशनमा प्रदेश कमिटी सदस्य रमेश पोखेरेल, रुप नारायण मिश्र, डिबि कार्कीलगायत पार्टीको जिल्ला कमिटीका नेताहरुलगायतको सहभागिता थियो ।

अधिवेशनमा सवै वडाबाट ४ सय ७५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुनवर्षी नगरपालिकामा नेकपा (एमाले) का १८ पार्टी संगठित सदस्य सहेको सचिव कँडेलले बताए ।

 

सम्बन्धित समाचार

बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा

एजेन्सी, जेठ २०-संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन् । उनले परिवर्तनको आकांक्षाअनुसार भएको प्रदर्शनमा हिंसाले स्थान पाएको भन्दै आलोचना गरेका हुन् । अफ्रिकी मूलका...

कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

मृगको मासु भाग लगाइरहेका ७ जना पक्राउ  

गोरखा, ३ जेठ-गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारबाट मृगको सिकार गरेको आरोपमा ७ जना पक्राउ परको छन् । पक्राउ पर्नेमा स्थानीयवासी मधु भुजेल, दुर्गाबहादुर भुजेल, खुमबहादुर माझी, डिबी सापकोटा, शिव रेग्मी, पूर्णबहादुर माझी र रोल्पा जिल्ला घर...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

सामाजिक सञ्जाल विधेयकको विरोधमा विराटनगरमा प्रर्दशन

विराटनगर । विराटनगर नागरिक अभियानले विराटनगरमा सामाजिक सञ्जाल विधेयकका विरुद्धमा सांकेतिक विरोध कार्यक्रम गरेका छन् । आज उनीहरुले विराटनगरको ट्राफिक चोकमा भेला भएर विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनले सरकारी प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरूमाथि...

२८ दिनपछि डा. केसीले तोडे अनशन

काठमाडौं, २५ असोज-चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्रा.डा. गोविन्द केसीले आइतबार बिहान अनशन तोडेका छन् । शनिबार राति अबेर सरकारसँग ८ बुँदे सम्झौता गरेका केसीले आइतबार बिहान अनशन तोडेका हुन् । शिक्षण अस्पताल महारागन्जमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्