कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

 न्यूज विराट
कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सयभन्दा बढी नयाँ संक्रमित देखिएका छन् । यस्तै युरोपमा इटलीपछि सबैभन्दा बढी स्पेनमा १ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा १ हजार ८ सय ८४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यता, इरानमा १ सय ३५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा फ्रान्समा २७, अमेरिकामा २५, नेदरल्यान्ड्समा १९, बेलायतमा १६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण हालसम्म ७ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी चीनका ३ हजार २ सय ३७, इटलीमा २ हजार ५ सय ३, इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५, अमेरिकामा १ सय ११, दक्षिण कोरियामा ८४, बेलायतमा ७१, नेदरल्याड्समा ४३, जर्मनीमा २६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

आज ५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुल ५ हजार २४२ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया...

लकडाउनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ११ वैशाख-लकडाउन सुरु भएपछिको २९ दिनमा भारतबाट ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत ११ चैतदेखि १० वैशाखसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको...

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...

प्रधानमन्त्री ओलीलाई देउवाको टेलिफोन

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले नेपालगञ्जमा कोरोनाको परीक्षण व्यापकरूपले गरेर...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । तिथिको हिसाबले १२ बजेको समयमा द्धापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्