प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

 न्यूज विराट
प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए । सोहीबमोजिम बैठक स्थगित गरिएको हो । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणकाे कारण देखाउँदै बैठक स्थगित गर्न माग गरेको थियो ।

त्यस्तै एमालेले पनि बैठक स्थगित गर्न माग गरेको थियो । ९ कात्तिकमा पार्टीको पालिका अधिवेशन रहेकाे, १० र ११ कात्तिकमा पार्टीको स्थायी कमिटीको बैठक, १२ र १३ गते केन्द्रीय कमिटीको बैठक रहेकाले १४ गते बाटोको म्याद राखेर १५ कात्तिकसम्म बैठक स्थगित गर्न एमालेले माग गरेको हो ।

प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीका अनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले) को लिखित अनुरोधमा बैठक स्थगित गरिएको हो ।

आगामी कात्तिक १५ गते दिउँसो साढे १२ बजे बैठक बस्ने छ । उक्त बैठक आजका लागि निर्धारण गरिएको कार्यसूची बमोजिम हुने पनि प्रदेशसभाले जनाएको छ ।

आज मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यसूची थियो ।

सम्बन्धित समाचार

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

२७औँ मदन-आश्रित स्मृति दिवस : नेकपालाई थप सशक्त बनाउने ओली-प्रचण्डको प्रतिवद्धता

काठमाडौं, जेठ ३-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनका २ प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताएका छन् । मदन–आश्रितको २७औँ स्मृति दिवस तथा पार्टी...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔँः माधव नेपाल

काठमाडौं, २९ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार...

रोटरी क्लब डाउनटाउनद्वारा बाढी पीडितलाई राहत वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाढी पीडितलाई राहत वितरण गरेको छ । जहदा गाउँपालिकाको बुधनगरमा बाढीबाट प्रभावित विपन्न परिवारलाई क्लबले राहत वितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी बाढीपीडितलाई चामल, पिठो,...

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी...

आज ३३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको निधन

काठमाडौं, १९ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ४४ को पीसीआर गर्दा आज ३ हजार ३ सय ९ जना संक्रमित थपिएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्