
योसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत छ । आज देशभर ३० संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।