उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु, नदीकिनारका बस्ती उच्च जोखिममा

 न्यूज विराट
उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु, नदीकिनारका बस्ती उच्च जोखिममा

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए ।

‘निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग (भाइरल रोड) नदीले कटान गरिरहेको छ,’ न्यौपानेले भने, ‘पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।’

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको खबर आएको प्रहरीले जनाएको छ । उता दोधारा चाँदनीमा रहेको जोगबुढा नदीमा बाढी आउँदा आसपासको क्षेत्र डुबानमा परेको छ ।

महाकाली नदीमा बिहान ७ बजे गरिएको मापनअनुसार पानीको बहाव यो वर्षकै उच्च रहेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले अहिले पानीको बहाव ४ लाख ६१ हजार ७८८ क्युसेक पुगेको जानकारी दिए । उनले प्रहरीको विपद् व्यवस्थापन गुल्म, जिल्ला प्रहरी कार्यालयको टोलीसहित तटीय क्षेत्रमा उद्दारमा खटिएको बताए ।

‘यहाँ करिब ३०० घर प्रभावित भएका छन्,’ गुरुङले भने, ‘धेरैलाई सुरक्षित स्थानमा सारिएको छ ।’ नेपाली सेना र सशस्त्र प्रहरी पनि बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि जाने तयारीमा छन् ।

लगातारका वर्षाका कारण कञ्चनपुरको शुक्लाफाँटा, बेदकोट, कृष्णपुर, बेलौरी, पुर्नवास क्षेत्रमा धानबालीमा ठूलो क्षति पुगेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आउने क्रम बढिरहेको छ ।

तटीय क्षेत्रका बस्ती डुबानमा

महाकाली नदीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीको बहाव उच्च भएको छ । महाकाली तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबानमा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङगे पुलसम्मको पूरै बस्तीमा बाढीको पानी पसेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन् । रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली महाकाली नदीको बाढीको पानी पसेको क्षेत्रमा उद्धारमा खटिएको छ ।

‘रातिदेखि नै उद्धारको कार्यमा खटिएका छौँ,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘मानवीय र चौपाया क्षति अहिलेसम्म भएको जानकारी आएको छैन । पानी घरभित्र पस्दा स्थानीय बासिन्दाको खाद्यान्नलगायतमा क्षति पुगेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्ने कार्य भइरहेको छ ।’

भीमदत्त नगरपालिकाको ब्रह्मदेव, ऐरी, ओदाली र दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर, शान्ति टोलमा गरी २०० बढी घर डुबानमा परेका छन् । महाकाली नदीको बाढीको पानीले कालोपत्रे गरिएको पहुँच मार्ग (भाइरल रोड) मा कटान जारी राखेको छ ।

मार्गको ठाउँ ठाउँमा नदीले कटान गरेको छ । महाकाली नदीको बहाव बढेसँगै नदीको सीमा पुल वनवसाको आवतजावतमा समेत रोक लगाइएको छ । नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि सवारी साधन र दुई लाख क्युसेक नाघे पछि पूरै आवतजावत बन्द गर्ने गरिएको छ ।

जिल्लाको मध्य माग भएर बग्ने दोदा (मछेली) नदीको बहावसमेत उच्च भएको छ । नदीको सुचना अबलोकन कर्ता पल्टा खुनाका अनुसार नदीको पानी चेतावनी तह पार गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक अवस्थामा रहन जानकारी दिने कार्य भइरहेको छ । चुरे क्षेत्र भएर नदीको बहावसमेत बढेको छ । नदीमा पानीको बहाव बढेसँगै जग्गा कटानको कार्यसमेत तीव्ररुपमा भइरहेको छ ।

सम्बन्धित समाचार

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा फराकिलोे मतान्तरले विजयी

विराटनगर / विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नागेश कोइराला मेयर र एमालेकी शिल्पा निराला कार्की उपमेयरमा निर्वाचित भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणाम अनुसार कोइराला र कार्की विजयी भएका हुन् ।...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, ३ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६२...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

वामदेव गौतम आधिकारिक नेकपामा जाने

सत्तारुढ नेकपा विभाजन भई बालुवाटार र बबरमहलमा दुई पक्षमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उपाध्यक्ष वामदेव गौतम भने भैँसेपार्टीस्थित निवासमै छन् । आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले दुवै बैठकमा जान अस्वीकार गरेका हुन् ।...

मोरङमा नेपाल प्रहरी तस्करीको सामान उम्काउने, सशस्त्र प्रहरी समाउने

विराटनगर । नेपाल भारत – सीमा क्षेत्र विराटनगरको दक्षिण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका लत्ता कपडा र खाद्यान्यको सामान सशस्त्रले अहिले दैनिक जसो बरामद गर्दै आएको छ । सशस्त्र प्रहरी कोशी प्रदेश पकली सुनसरीका सादा...

देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका...

महानगरको डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ ।महानगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरेर आउँदो शुक्रबारदेखि १९ वटै वडामा बिहान ७ बजेदेखि ९ बजेसम्म डेंगु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्