मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन दाताहरुले सबै काम रोकेका छन् ।
शाहरुख खानले अहिले विभिन्न ४० वटा ब्राण्डका लागि काम गरिरहेका छन् । उनले एउटा विज्ञापन खेले वापत वार्षिक ३ देखि ५ करोड भारु लिन्छन् । अहिले सामाजिक सञ्जालमा शाहरुख खानलाई लक्षित गरी ट्रोल भइरहेको छ भने आलोचना पनि उसैगरी भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानसँग ६०० करोड रुपैयाँ बराबरको लगानी यी ब्राण्डहरुले गरिसकेका छन् । जसका कारण उक्त लगानी अहिले जोखिममा परेको छ ।