प्रचण्डको दबाबपछि संवैधानिक परिषद्को बैठक स्थगित

 न्यूज विराट
प्रचण्डको दबाबपछि संवैधानिक परिषद्को बैठक स्थगित

साँझ ५ बजेका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नगरिएसम्म प्रमुख दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने अडान लिएपछि आजको बैठक स्थगित भएको हो ।

पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि स्थगितका लागि दबाब दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले आज साँझका लागि बैठक डाकेका थिए ।

प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो । सो अध्यादेशबमोजिम बैठकमा तीन जना उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था रहेको छ ।

अध्यादेशविरुद्ध सर्वोच्चमा रिट परेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित हुन असमर्थ थिए भने प्रमुख प्रतिपक्षी दलका नेता पनि नआउने भएपछि गणपुरक संख्या नपुग्ने देखेपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका हुन् । यता, सभामुख अग्निप्रसाद सापकोटालाई संवैधानिक परिषद्को बैठकबारे जानकारी नआएको उनको सचिवलायले जनाएको छ ।

सम्बन्धित समाचार

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो किड्स कार्निभल, कुन इभेन्टमा को भए बिजेता ?

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । शुक्रबार स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान...

सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...

पाँच दलीय गठबन्धन तोडेर होइन, कायमै राखेर एमालेले चुनाव जित्छ:ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ...

उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...

१ सय ४ पत्रकारले गराए कोरोना परीक्षण

जनकपुर, ३१ वैशाख-२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका...

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

लुकिछिपी नेपाल छिरेका १५ भारतीयमा देखिएन कोरोना संक्रमण

महोत्तरी, ८ वैशाख-लकडाउनका अवस्थामा गत २२ चैत राति लुकिछिपी भारतबाट महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती...

देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्