टीकाको उत्तम साइत बिहान १० : ०२ बजे

 न्यूज विराट
टीकाको उत्तम साइत बिहान १० : ०२ बजे

काठमाडौँ, २९ असोज-देवी बिसर्जनसँगै आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाउने तयारी भएको छ । विजयादशमीका दिन आज बिहान १० ः ०२ बजे टीका लगाउनका लागि शुभ रहेको समितिले जनाएको छ ।
विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भएपनि राम्रो समयको साइत १० ः ०२ बजेको दिइएको उहाँले बताउनुभयो । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १० ः ०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”–अध्यक्ष अधिकारीले भन्नुभयो ।
समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ । नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्ति नभएसम्मका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन कुनै समस्या छैन ।
विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

सम्बन्धित समाचार

विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा संचालन, यस्ता छन् सेवाहरू

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको छ । नयाँ भवनको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधबार उद्घाटन गरेपछि संचालनमा आएको हो...

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मोरङमा मृतकको संख्या ११ पुग्यो

विराटनगर,भदौ १–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका एक जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे...

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो ट्यूमर

विराटनगर, २ बैशाख । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

कोशी अस्पतालमा पहिलो पटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया, एकै दिन दुई जना विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ ।ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७...

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौं लगियो

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रदेश प्रमुख अधिकारी यही १२ मंसिरमा कोरोना संक्रमित भएर विराटनगरस्थित निवासमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्