मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

 न्यूज विराट
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ ।

ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट ’कालोपत्र सकिएको छ । सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ ।

कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ । याम्दीदेखि सुुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको थियो । सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी)राजमार्ग आयोजनाका इञ्जिीनियर अनन्त बरालले जानकारी दिनुभयो ।

सुरुआतमा विद्युत् पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उहाँले बताउनुभयो । आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ ।

इञ्जिीनियर बरालले भन्नुभयो, “सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ । तर यस आयोजनाको बाँकी काम त्यस भन्दा अघिनै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ ।” असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरु गर्न नसकिएको बताइन्छ ।

सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ । त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिीनियर बरालले बताउनुभयो । विसं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीको ढिलासुस्तका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयवासीले गर्ने गरेका थिए । विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन् । सो खण्ड ३० मिटर फराकिलो छ । निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो ।

“गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो ।” इञ्जिीनियर बरालले भन्नुभयो, “तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन ।” राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत÷सीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ ।

जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ । जिल्लाको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन । आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सम्बन्धित समाचार

९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म ९ जना सुरक्षाकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिन थालेपछि ४ वटै सुरक्षा निकायले कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम...

गुणस्तरीय शिक्षामा अब्बल कान्तिपुर, १३ सय बढी विद्यार्थीले दिए परीक्षा

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो । विज्ञान...

विराटनगरमा आज र भोलि भेरोसेलको दोस्रो खोप लगाइदै

विराटनगर, २५ असार । विराटनगरमा आगामी आज र भोलि कोरोना भाइरसविरुद्धको दोस्रो खोप लगाइने भएको छ । विराटनगर महानगरपालिकाले आसार २५ र २६ गते पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्र लगाइने सुचना प्रकाशित गरेको थियो...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा पूर्वकप्तान हरि खड्का दोषी ठहर

काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...

नयाँ वर्ष सुरु हुँदा पनि भेटिएन भित्तेपात्रो

काठमाडौं, २ वैशाख-कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

प्रदेश २ का मुख्यमन्त्री राउत अभिव्यक्तिकाकारण विवादमा

जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्