रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा च्याउ खेती तालिम प्रदान

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन च्याउ खेती तालिम प्रदान गरेको छ ।

क्लबले मोरङको जहदा गाउँपालिका–२ का ३० जना महिला तथा युवतीहरुलाई दिवसको अवसर पारेर च्याउ खेती तालिम प्रदान गरेको हो । मझारेस्थित जनता माध्यमिक विद्यालयमा महिला तथा युवतीहरुलाई आर्थिक रुपमा सवल बनाउन व्यावसायिक च्याउ खेती तालिम दिइएको क्लबकी अध्यक्ष संचिना जैनले जानकारी दिइन् ।

तलिम आयोजना गर्न स्थानीय आरसीसी युवा स्वयंसेवक मधु मण्डलले सहयोग गरेकी थिइन् । २० दिनसम्म सञ्चालन हुने तालिममा कुन्दन प्रसाद मण्डलले प्रशिक्षण दिइरहेका छन् ।

तलिमका लागि क्लबले १०० प्याकेट च्याउको बीउ, एउटा स्प्रे बोतल, २० बन्डल डोरी, २५ किलो चुना, १ किलो प्लास्टिकको पाना, र धानको भुस, मल, तिरपाल, तेल, च्याउका लागि औषधिको चारवटा प्याकेटसमेत वितरण गरिएको छ । तालिम सञ्चालनका लागि २५ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ ।

तलिम उद्घाटनमा क्लबकी अध्यक्ष सचिता जैन, महासचिव अनिता सारडा, जनसम्पर्क अधिकृत मञ्जु अग्रवाल, सेवा परियोजना अध्यक्ष गिरिजा सारडालगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो । सो अवसरमा उनीहरुले उक्त विद्यालयमा...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

मनकामना केबुलकार चैत मसान्तसम्म बन्द

विश्वव्यापी फेलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मनकामना केबुलकार व्यवस्थापकले सेवा बन्द गराएको छ ।केबुलकार व्यवस्थापन पक्षले कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्