खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

 न्यूज विराट
खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी विभिन्न सामग्री नेपाल आउने गरेको तथ्य बाहिर आएको हो ।

पछिल्लोपटक भारतबाट आयात भएको मेसिनरी सामग्रीमा कम मूल्याङ्कनको प्रज्ञानपत्र राखी यस्ता सामग्री नेपाल भित्र्याउन खोजिएको पाइएकाे छ । चक्लेटजन्य सामग्रीमा वीरगञ्ज भन्सार नाकाबाट सामग्रीको यर्थाथ कम मूल्याकङ्नको प्रज्ञापनपत्र जारी गरी चक्लेट नेपाल भित्राइएको भन्दै प्रहरीले चक्लेट बोकको ट्रक नियन्त्रणमा लिएर कार्बाहीका लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

केही दिनअघि भारतबाट जगदम्बा अटो ग्रुप प्राइभेट लिमिटेडले भारतको चेन्नइस्थित टिभीएस कम्पनीबाट आयात गर्ने गरेका तीन चक्के टेम्पोको पार्टस् भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँचपास गराई चेसिस र इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गरेको थियो ।

उक्त सामग्रीलाई भन्सारले तीनचक्के टेम्पोको पार्टस् भनेर लाग्ने भन्सार मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी जाँचपास गराई इञ्जिनसहितका टेम्पोका विविध सामग्री आयात गर्न खोजेको सार्वजनिक भएपछि कार्यालयले यसबारे ढाकछोप गर्न जगदम्बा अटो ग्रुपसँग थप १३ लाख ८० हजार रुपैयाँ  राजस्व लिएर मात्र सामग्री छाडेको बताइएको छ ।

पहिलो चरणमा सामग्री जाँच गरी कम मूल्याकङ्नमा सामग्री छाड्न खोजेको बाहिर आएपछि पुनः जाँचका नाममा जगदम्बा अटो ग्रुपलाई कारबाहीस्वरुप जरिवाना गरिएको विषयले पनि कर्मचारी र व्यापारीबीच मिलोमतो भएको आरोप लागेको छ ।

उक्त कम्पनीले यसअगावै पनि यसरी कम मूल्याकङ्न गरी सामग्री लगेको हुनसक्ने र पछिल्लो चार वर्षभन्दा अघि यसरी सामग्री लगेको भए केही कारबाही गर्न नसकिने प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

यद्यपि, यसबारे पछिल्ला चार वर्षयता जगदम्बा अटो ग्रुपले लगेका सामग्रीबारे थप अनुसन्धान गर्न सकिने प्रावधान रहेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । केही दिनअघि उक्त भन्सारबाट मालवाहक ट्रकमा विभिन्न किसिमका चक्लेटसमेत यथार्थ मूल्यभन्दा कम मूल्याकङ्नको प्रज्ञापनपत्र राखी नेपाल भित्रिएको भन्दै प्रहरीको टोलीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएर राजस्व विभाग पथलैया पठाएको छ ।

लाग्ने दरभन्दा कम मूल्याकङ्न गरी भन्सार छली नेपाल भित्र्याइएको करिब ७३ लाख रुपैयाँ बराबरको चक्लेट र भारतीय ट्रक नियन्त्रणमा लिई राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ । ट्रकमा लोड रहेका सामानको तौल र मोल फरक पारी ब्राण्ड उल्लेख नगरी भन्सार कर्मचारीसँग मिली सुगर ललिपपका नाममा कम मूल्याकङ्नको प्रज्ञापनपत्र बनाई बिनाअनलाइन बिल (भिसीटिएस) खुसी बच्चा नामक भारतीय चक्लेट बरामद गरी राजस्व कार्यालयलाई बुझाइएको प्रमुख प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए । उक्त चक्लेटबारे एकीकृत जाँचचौकीका भन्सार अधिकृत (जाँचकी) रमेश सुकमनीले ठूलो ट्रक भएका कारण सबै चक्लेट हेर्न नसकिएको तर यद्यपि सबै नियमानुसार चक्लेटको राजस्व लिइएको बताए ।

सो क्रममा ट्रक र चालक भारत मध्यप्रदेश ग्वालियर बानमौर थाना वडा नं १४ बस्ने ३३ वर्षका जबर सिंह समातिएका थिए ।  प्रहरीले सामान तथा ट्रकको ७३ लाख मूल्याकङ्न गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सम्बन्धित समाचार

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

सङ्क्रमित किशोरलाई वीरगञ्ज पठाइयो

सर्लाही, १२ वैशाख-सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस सङ्क्रमण पोजिटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको छ । किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख...

आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास

संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

विराटनगर, १ फागुन । मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायीक वन उपभोक्त समितिको सभाहलमा संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना...

कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्