नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

 न्यूज विराट
नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

धु्रवसागर शर्मा/गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ ।
प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिकरूपमा नै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानीलाई प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योगाथेरापी, फिजियो थेरापी, मसाज थेरापी र डाइथेरापी सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष सङ्घीय सरकारबाट प्राप्त रु ५० लाख र कुण्डको आन्तरिक आम्दानी रु ५० लाख गरी रु एक करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरिद गरिएकोे छ ।
त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी एक प्राकृतिक चिकित्सक भर्ना गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाथेरापीका लागि तालिमप्राप्त योग्य जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालिम सञ्चालन भइरहेको र दशैँपछि अस्पताल सञ्चालन गरी बिरामीको उपचार सुरु गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा आयुशा अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने डा अधिकारीको भनाइ छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागतरूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिकरूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । उहाँका अनुसार प्राकृतिक तातोपानीको प्रयोग गरेर उपचार गर्ने विधिका लागि बनाउन लागिएको यो अस्पताल नेपालमै पहिलो हो ।
अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगाथेरापी, अकुपञ्चर, डाइथेरापीलगायत प्राकृतिक विधिबाट तातोपानीको प्रयोग गरेर बिरामीको उपचार गरिने उहाँले बताउनुभयो ।
म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनी हजारौँको सङ्ख्यामा बिरामीले डुबेर उपचार लिने गर्दछन् ।
पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी एक दर्जन हाराहारीमा तातोपानीका कुण्ड छन् ।

सम्बन्धित समाचार

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक लाग्नेछु : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन नदिनुका साथै आफूलाई तागत रहुञ्जेल संविधानले दिएको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने बताएका छन् ।नेपाल उद्योग परीसंघ कोशीले शनिबार आयोजना गरेको स्वतन्त्रता सेनानी, उद्योगी व्यवसायीलाई...

गुराँस लाइफको बीमा शुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, १३ वैशाख-गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी...

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

विराटनगर आएर कोइरालाले भनिन् ‘सभापतिमा मेरो उम्मेदवारी कायमै’

विराटनगर, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् ।...

‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयले ७१ औं...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्