सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

 न्यूज विराट
सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् ।

गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन् ।

शुक्रबार बिहान करिब ८ बजे घरबाट निस्केका रविको खोजी गर्दै जाँदा नजिकैको भगवानपुरबाट एक अधबैसे पुरुषले आफ्नो नाति भन्दै बिस्कुट किनिदिएर लगेको स्थानीयले बताएको परिवारले जानकारी दिएको छ ।

‘रविलाई घरमा नदेखेपछि खोजी गर्यौँ । तर, सुराक लागेन,’ बाबु जयनारायणले भने, ‘मामाघर वा अन्य कतै आफन्तकहाँ निस्केको पो हो कि भनेर धेरै खोज्यौँ, कतै पत्तो लागेन । भगवानपुरबाट एक जनाले आफ्नो नाति भन्दै लगेको जानकारी छ । तर, मेरो कुनै आफन्तसँग रवि छैन ।’ उनी मामाघर बभनगामाकट्टीका लागि हिँडेको र बाटोबाटै कसैले फकाएर चोरी गरेर लगेको हुनसक्ने बाबु जयनारायणको आशंका छ ।

पारिवारिक र जानसक्ने स्थानहरूमा सोधखोज गर्दा पनि फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी गरेको छ । प्रहरीले पनि बालकको बारेमा केही पत्ता लगाउन सकेको छैन । खोजी कार्य भइरहे पनि कुनै सुराक पाउन नसकेको इप्रका हनुमाननगरका प्रहरी सहायक निरीक्षक सञ्जय न्यौपानेले बताए ।

सम्बन्धित समाचार

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

पोखरा, २१ असार-बागलुङमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बागलुङस्थित ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको हो । निसिखोला गाउँपालिका–२ देविस्थान घर भएका २९ वर्षका युवा फोक्सोमा समस्या देखिएपछि भारतबाट उचपार...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा कपडाको झोला वितरण

विराटनगर, २६ असोज । सामाजिक क्षेत्रमा निरन्तर सकृय रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ‘से नो टु प्लाटिक व्याग’ नारासहित कपडाको झोला वितरण गरेको छ । अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर क्लबले मोरङको जहदा गाउँपालिका–२ का...

भोलिदेखि ६ दिनसम्म सप्तरीमा निषेधाज्ञा

सप्तरी, १९ साउन-सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलिदेखि ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

अवैध कसर उद्योग संचालन गर्ने महतो पक्राउ

धनुषा जिल्लाका सबैभन्दा ठूलो क्रसर उद्योगका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थित रहेको कमला स्टोन क्रसर उद्योगका संचालक महादेव महतो पक्राउ परेका छन् । अनुगमन टोलीले शनिबार उक्त क्रसर उद्योगमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्