भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए, आठ जनाकाे मृत्यु

 न्यूज विराट
भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए, आठ जनाकाे मृत्यु

एजेन्सी, १८ असोज । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो ।

लखिमपुर खिरीमा भइरहेको प्रदर्शनका क्रममा केही किसानहरू मारिएका खबर छ । बीबीसी हिन्दीले विराेध प्रदर्शनका क्रममा ८ जना किसानकाे मृत्यु भएकाे जनाएकाे छ ।

भारतका केन्द्रीय राज्य मन्त्री आशिष मिश्रका छाेराले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि चार जनाकाे मृत्यु भएकाे आराेप लागेकाे छ । त्यसपछि हिंसा भड्किँदा थप चार जना गरी आठ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनापछि कांग्रेस महासचिव गान्धी लगायतका नेताहरू त्यहाँ जाने क्रममा प्रहरीले रोकेको हो ।

मृतकका परिवारलाई भेट्न जाने क्रममा गान्धीलाई हिरासतमा लिइएको र त्यसक्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच सामान्य झपड पनि भएको बताइएको छ ।

कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिने क्रममा पुरुष प्रहरीले उनीमाथि हातपात गरेको आरोप लगाएका छन् ।

प्रियंका गान्धीले आफ्नो गिरफ्तारीको वारेन्ट नोटिस देखाउन माग गरेकी थिइन् । उनले आफूलाई जबर्जस्ती हिरासतमा लिए अपहरण ठहरिने चेतावनी दिइन् ।

अर्काेतिर लखिमपुरमा किसान नेता र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ ।

भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा केही किसानको मृत्यु भएपछि लखिमपुर तनावग्रस्त छ ।

सम्बन्धित समाचार

१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर

बुटवल, २७ वैशाख-आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साताअघि भारतबाट आएको खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले यसअघि कोरोना संक्रमण देखिएका मायादेवी गाउँपालिकाका युवासँगै उनीहरू...

नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी ९घोल० भित्र गैँडा मृत भेटिएको हो । भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ...

मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...

युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व, अध्यक्षमा रञ्जीत भगत

विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

किड्स भिलेजले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ । विराटनगर–८ आरोहण गुरुकुलमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । राष्ट्रगानका रचयिता प्रदीपकुमार राई...

बीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

धरान,  २९ भदौ-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना संक्रमितको मृत्यु भएको छ ।  तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्