भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना यात्रु गम्भीर घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बसमा चालक र सहचालकसहित मध्यप्रदेशको पन्ना जिल्लाका २८ तिर्थयात्री सवार थिए । उनीहरू उत्तरकाशीको यमुनोत्री मन्दिर गइरहेका थिए ।
दुर्घटनालगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान उत्तराखण्ड पुगेका थिए । दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।
यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।