काठमाडौं, १३ असोज । महिलाको चरित्रहत्या हुनेगरी भिडियो प्रसारण गर्ने चार युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, सराइचुली मिडिया युट्युब च्यानलका सञ्चालक पिंकला कार्की छन् । यस्तै हरेकपलको खबर युट्युब च्यानलका शिशिर अधिकारी र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका रोधन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।
ती युट्युबरहरूले महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
पक्राउ परेकाहरूमाथि थप अनसन्धान भैरहेको प्रहरीले जनाएको छ ।